नान रुपन्देहीद्धारा नर्सहरुलाई एक दिने स्कील डेभलपमेन्ट तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीका बिभिन्न सरकारी सामुदायीक तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको छ ।

नेपाल नर्सिड एसोसिसियन नेपाल ‐नान)रुपन्देही शाखाको आयोजनामा नर्सहरुलाई एकदिने स्कील डेभलपमेन्ट तालिम दिएको हो । कार्यक्रममा नान केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथी डा तारा शाहले नर्सहरुले सेवा दिदा मुस्कान सहितको सेवा दिनुपर्ने बताईन । डा शाहले नर्सहरुको क्षमता अभिबृद्धि गर्न सरकारले नयाँ किसिमका तालिम दिनुपर्ने समेत बताईन ।

केन्द्रिय उपाध्यक्ष डा शाहले नर्सिड पेशा अहिले कतातिर गैरहेको के गरे यसले राम्रो उपलब्धी हासिल गर्न सक्छ भन्ने तर्फ सबैको ध्यान जानु जरुरी रहेको उनको भनाई थियो । तालिममा नान केन्द्रिय सदस्य तथा सुनसरी उपाध्यक्ष खुमा गुरागाईले नर्सहरु आफ्नो अधिकारको लागी एक हुनुपर्ने बताउदै, नयाँ तालिमका लागी सरकारसंग माग गर्नु पर्ने बताईन ।


नान रुपन्देही शाखा अध्यक्ष कुमारी हरी केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्व्य जमुना पन्थी र संञ्चालन नान जिल्ला सचिब बिष्णु पन्थीले गरेकी थिईन । तालिममा १ सय ५ जना नर्सहरुको सहभागिता रहेको पन्थीले बताईन ।

सम्बन्धित शिर्षक :