स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायमा पुराउन नसकेको बताएका छन। डाक्टर सेवाका नाममा सुगम केन्द्रित भएको मन्त्री बरालले बताए । स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ले मेडिकल अधिकृत र स्वास्थ्य अधिकृतलाई नसर्नेरोग समन्धी ५ दिने तालिम समापन समारोहमा बोल्दै सामाजीक बिकास मन्त्री बरालले उक्त कुरा बताएका छन। मन्त्री बरालले चिकित्सकहरुलाई स्थानिय परिबेस भाषा अबस्था अनुसार सेवा दिन निर्देशन दिए ।मन्त्री बरालले मानिस बिबेकशिल भएपनि गाईडको समस्या भएको बताउदै भाषा अबस्था परिबेस अनुसार सेवा दिन डाक्टर हरुलाई आग्रह गरे । प्रदेश ५का स्वास्थ्य…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
दुग्ध ब्यवसायीले उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्नुस :मुख्यमन्त्री पोखरेल
स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले डेरी एशोसीयसनसंग उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्नु पर्ने बताएका छन। नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा उदघाटन गर्दे मुख्यमन्त्री पोखरेलले दुग्धजन्य बस्तुका व्यवसायीहरुले बस्तुको गुणस्तरमा र स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताएका छन ् ।आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले…
निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढी महिलाको पाठेघर र स्तन क्यान्सर जाँच
स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने नि ः शुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए । उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले…
लुम्बिनी प्रादेशिक अस्पताल हाटबजार जस्तो भयो :- मुख्यमन्त्री पोखरेल
स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति असन्तुष्टि व्यक्त गरे । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा लिएको अस्पतालको विकासको काममा व्यवसायीक संघसंस्थाहरुले समेत असहयोग गरेको गुनासो व्यक्त गरे ।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकउत्सव तथा सातौं स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताए। लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय कमजोरीका कारण अस्पताल अव्यवस्थीत हाटबजार जस्तो भएको बताए । अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत…
नेपाल नर्सिङ संघमा मनकुमारी राई नेतृत्वको प्यानल विजयी
स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।राई समूहबाट कोषाध्यक्षका उम्मेद्धार बनेकी कल्पना श्रेष्ठले प्यानलले नै जितेको जानकारी दिइन । यद्धपी घोषणा हुन केही बेर लाग्ने उनले बताइन । यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए । प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । उता पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान…
यौनिकता शिक्षालाई प्रभावकारी बनाउन दृष्टिकोणमा परिवर्तन स्वास्थ्य निर्देशक : गिरी
स्वास्थ्यसमाचार/ बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी बुटबलमा सुरु भएको छ।नेपाल परिवार नियोजन संघद्धारा सचालित यु.एन.एफ.पिए परियोजना द्धारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन। कार्यक्रमक प्रमुख अतिथि प्रदेश ५का स्वास्थ्य निर्देशक डा.बिनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा बताए।यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा…
स्त्रीरोग बिशेषज्ञ काममा नफर्किदा स्वास्थ्य सेवा प्रभाबित
स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला अस्पतालमा दरबन्दी भएका चिकित्सक नहुदा बिरामीहरु सेवाबाट बञ्चित हुने अवश्था आएको छ । भैरहवा स्थित जिल्लाको सरकारी अस्पताल भिम अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौ देखि कार्यालयमा जानकारी नै नगराई गायब रहेको पाईएको छ । स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएको उनि यहा नभएको कारण उपचारमा अप्ठ्यारो आएको अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय निकै सुधारात्मक अवश्थामा देखिएको भैरहवा भिम अस्पतालको सेवा थापाकै कारण ओझेलमा पर्दैछ । दरबन्दी देखिएकोले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन नविन दर्नालको भनाई छ । दरबन्दी…
मृगौलाको पत्थरी निकाल्ने लेजर पद्धती तिनाउ इन्टरनेशनल हस्पिटलमा
स्वास्थ्यसमाचार /बुटवलमा सञ्चालनमा आएको तिनाउ ईन्टरनेशनल हस्पिटलले यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्रायाएको छ ।यो प्रबिधिबाट मृगौलामा पत्थरी निकाल्नको लागी अप्रेशन गर्नुपर्ने झण्झट अन्त्य भएको हो । पाँच नं. प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्र्याएको तिनाउ हस्पिटलले ( आर.आइ.आर.एस) प्रविधी ल्याएसंगै सफल उपचार समेत सुरु गरेको छ । लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ । आर.आइ.आर.एस. बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो । सिनियर चिफ कन्सल्टेन्ट हाड जोर्नी ट्रमा, नसा तथा स्पाईन सर्जन राजेन्द्र सन्जेलका अनुसार…
स्वास्थ्य सेवा सुधारमा प्रदेश सरकारको पहिलो प्राथमिकता :-मन्त्री बराल
स्वास्थ्यसमाचार /प्रदेश नं ५ सामाजीक बिकास मन्त्रालयले प्रदेश जनस्वास्थ्य सेवा ऐनको मस्यौदामाथि छलफल सुरु गरेको छ। आगामी हिउदे अधिवेशनमा पेश गर्ने तयारी रहेको विधेयकलाई सरोकारवालाबीच छलफल गराइएको सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।प्रदेश स्वास्थ्य ऐनले सेवाग्राहीको अधिकार तथा स्वास्थ्य संस्थाको दायित्व, स्वास्थ्य प्रणाली र सेवा व्यवस्थापन, विपदकालीन स्वास्थ्य, सामाजिक सांस्कृतिक तथा वातावरणीय पक्षसहित संरचनाको निर्धारण गर्नेछ । त्यसका लागि मन्त्रालयले दाङको घोराहीमा सोमबार सरोकारवालाबीच मस्यौदामाथि छलफल गरेको हो ।सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले ऐन निर्माणअघि मस्यौदामा सरोकारवालालाई सहभागि बनाएर छलफल गर्दा कानूनहरु प्रभावकारी बन्ने बताए…
सुत्नु भन्दा अघि गर्न नहुने ७ गल्तीहरु
स्वास्थ्यसमाचार । मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समामना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ । १ रातिमा खाने खाने वित्तिकै सुत्नु हुँदैन । यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२…

