गीताआयुर्बेद भबनद्धारा बिद्यार्थीलाई न्यानो स्वीटर बितरण

स्वास्थ्यसमाचार/ गीताआयुर्बेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. १४ मा रहेको सरस्वती आधारभूत विद्यालय बिनयपुरलाई मा पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उदेश्यले पोशाक वितरण गरिएको गीता आयुर्बेदका सञ्चालक गीता सापकोटाले बताईन ।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो । गीता आयुर्बेदकले प्रत्येक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै सापकोटाले बताईन ।बुटवल उपमहागनरपालिका वडा नं. १४ का वडा अध्यक्ष दधिराम न्यौपानेको उपस्थितीमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । न्यौपानेले विद्यार्थीलाई नियमित रुपमा विद्यालय जाने वातावरण अभिभावकले घरमा सिर्जना गर्नु पर्ने बताए ।

विद्यालयका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएकोमा उनले धन्यबाद दिँदै विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि वडाले काम गर्दै आएको बताए ।
लुम्बिनी प्रादेशिक आयुवेद चिकित्सालयका वरिष्ठ कबिराज गणेश सापकोटाले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीलाई विद्यालय नियमित जानु पर्छ भन्ने सन्देस दिएको बताए ।ब्यवसाय गरेको केही रकम सामाजिक सेवामा खर्च गर्न सके मानिसमा आत्मसन्तुष्टी मिल्ने उनको भनाई छ ।

विद्यालयका प्रधानध्यापक शिवा पोखरेलले यस क्षेत्रका गरिब परिवारबाट यस विद्यालयमा पढ्न आउँने भएकाले विद्यार्थीलाई न्यानो कपडाले ठुलो राहात पुराएको बताईन ।न्यानो कपडा बितरणमा असोक कुबर र अर्जुन कुबरले बोलेका थिए। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष र शिक्षक समेत सबै महिला रहेका छन । गीता आयुर्बेद औषधालयले बिगत १० बर्षदेखी गीता आयुर्बेदक भवनले कमाएको केहि रकम सामाजीक कार्यमा खर्च गरेको संञ्चालक सापकोटाले बताईन ।

सम्बन्धित शिर्षक :