कोरोना भाइरस ‘कोभिद–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन्। अहिलेसम्म ५८ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन्। कोरोनाको प्रकोप विश्वव्यापी बन्दैजाँदा यस भाइरससँगै यसबारेको बिभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न निकायहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैल्याउने कार्य निन्दनीय भएको बताएको छ। डब्लूएचओले कोरोनाबारे फैलिएका भ्रम हटाउन हालै १५–बुँदे सुझाव सार्वजनिक गरेको छ। गलत अफवाहलाई चिर्न पनि…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
पाल्पाको तानसेनमा डायलाईसिस सेन्टर संञ्चालन हुने
स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तान्सेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा रहेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टरले यहि चैत ७ गते देखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए । हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब…
स्वास्थ्य कार्यालय अर्घाखाचीको आयोजनामा अन्तराट्रिय श्रमिक महिला दिबस मनाईयो
स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय अर्घाँखाँचीको आयोजनामा १सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।समानताको पुस्ताःअन्त्य गरौँ हिँसा,विभेद र असमानता भन्ने मूख्य नाराका साथ अन्र्तरकृया गरी मनाईएको हो। कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख राजनैतिक संघ संगठनका महिलाहरुको सहभागिता रहेको थियो। अन्र्तरकृयामा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुष्पा थापा ले महिलाहरुको आत्म सम्मानको रक्षा हुनु,सद्भाव,समान व्यवहार,महिला हकहित र अधिकारका लागी आफुले आफुलाई मायाँ,अवसर प्रदान गर्नु पर्ने बताईन । थापाले आफुलाई शारिरीक,मानसिक,सामाजिक तथा संवेगात्मक रुपमा स्वस्थ राख्न आवश्यक रहेको बताईन ।कार्यक्रममा डा.आयुष्मा भुसालले वास्तबिकता बताउदै म यस्तो आमा हुँ जसले आफ्नो छोरीलाई…
भैरहवामा नेपाल भारतको वैठक :सीमामा स्वास्थ्य परीक्षण गर्ने
रुपन्देही/ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाल र भारत दुवै देशका अधिकारीले सहमति जनाएका छन्।भारतको दिल्ली, जयपुर, तेलगांना, अमृतसर, लखनउ, आगरा लगायतको सहरमा कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्। भारतमा शनिबारसम्म ३३ जना ९१६ जना विदेशी० संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले त्यहाँको लोकसभामा २९ हजार ६ सय ७ जना शंकास्पद रहेकोले उनीहरुलाई चित्किसक निगारानी राखिएको जानकारी दिएका छन्।शनिबार भैरहवामा बसेको नेपाल–भारतको ‘काउन्टर पार्ट’ बैठकले भाइरससँग जुध्नका लागि विभिन्न निर्णय गरेको छ। बैठकले रुपन्देही र महाराजगंजको दुवै सीमा क्षेत्रमा तेस्रो मुलुकका आउने जाने पर्यटकले अनिवार्य…
तेस्रो मुलुकसहित भारतीय नागरिकको उपस्थिति हुने प्रदेश ५ कोरोनाको उच्च जोखिममा
स्वास्थ्यसमाचार/कोरोना भइरसको पूर्वतयारीका लागि सामाजिक विकास मन्त्रालयमा आयोजित विपत सम्बन्धी बैठकमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने,‘यो बेलामा तीन÷तीन घण्टा बैठकका नाममा समय बर्बाद गर्ने होइन, यो बेला काम गर्ने हो । ’उनको अपेक्षा थियो प्रदेश सरकारले प्रतिकार्य तयारीको योजना बनाओस् ।स्थानीय तहसंग समन्वय गरेर काम गरोस् ।तर प्रदेश सरकारसंग अहिलेसम्म पनि कोरोना प्रतिकार्य योजना तयार भएको छैन । सामाजिक विकास मन्त्रालयले योजना बनाउनुपर्ने भए पनि लार्पबाही गरिरहेको छ । मन्त्री सुदर्शन बरालले बैठकहरु बस्न थालेको भन्दै योजना बन्दै जाने बताए । तेस्रो मुलुकसहित भारतीय नागरिकको बाक्लो उपस्थिति हुने…
तिलोत्तमामा गर्भवतीसँग उप–प्रमुख पोषण कार्यक्रम सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताईन । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको…
कोरोना भाइरसबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह
स्वस्थ्यसमाचार/ सञ्चार एवं अर्थमन्त्री युवराज खतिवडाले कोरोना (कोभिड-१९) भाइरस संक्रमणबाट नेपालीहरु डराइ हाल्न पर्ने अवस्था नरहेको बताएका छन् । सरकारले कोरोनाको सम्भावित जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षाका विभिन्न विधि अपनाएकाले डराउनुपर्ने अवस्था नरहको उनको भनाइ छ । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा बिहीबार मन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले हालसम्म नेपालमा कोरोना नदेखिएको बताए । उनले भने, ‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदमाथि परीक्षण भइरहेको छ ।’ यस्तै हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरिरहेको उनको भनाइ छ । सम्भावित कोरोना भाइरसको संग्रमणबाट…
संघिय संरचनामा लुम्बिनी प्रादेशिक अस्पतालको भुमिका अवसर र चुनौति
देश संघियतामा गइसकेपछि स्थानीय जनताका समस्या वा कामहरु स्थानीय स्तरमानै सम्वोधन र समाधान गर्नको लागि संघिय संरचना आवश्यक छ । विभिन्न क्षेत्रका समस्या वा काम जस्तै स्वास्थ्य समस्या पनि स्थानिय स्तरमानै समाधान गर्नका लागि स्वास्थ्य सेवालाई पनि संघिय संरचनामा लगिएको छ । स्थानिय सरकार, प्रदेश सरकारले आफ्नो जनताको स्वास्थ्य उपचार वा समस्या स्थानीय स्तरमा नै समाधान गर्दै र थप आवश्यकता परेको खण्डमा संघ वा केन्द्रिय सरकारबाट समेत सहयोग र समन्वयन गरी जनताका सुविधा गाउँ–गाउँ र ठाँउ–ठाँउमा संघिय संरचनाका आधारमा सर्व सुलभ तरिकाले दिने गरिन्छ । आज भन्दा ११० वर्ष पहिला…
नेपालमा कसैमा पनि कोरोना भेटिएको छैन : निर्देशक झा
काठमाडौं / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र…
सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड
स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

