संघिय संरचनामा लुम्बिनी प्रादेशिक अस्पतालको भुमिका अवसर र चुनौति

देश संघियतामा गइसकेपछि स्थानीय जनताका समस्या वा कामहरु स्थानीय स्तरमानै सम्वोधन र समाधान गर्नको लागि संघिय संरचना आवश्यक छ । विभिन्न क्षेत्रका समस्या वा काम जस्तै स्वास्थ्य समस्या पनि स्थानिय स्तरमानै समाधान गर्नका लागि स्वास्थ्य सेवालाई पनि संघिय संरचनामा लगिएको छ ।

स्थानिय सरकार, प्रदेश सरकारले आफ्नो जनताको स्वास्थ्य उपचार वा समस्या स्थानीय स्तरमा नै समाधान गर्दै र थप आवश्यकता परेको खण्डमा संघ वा केन्द्रिय सरकारबाट समेत सहयोग र समन्वयन गरी जनताका सुविधा गाउँ–गाउँ र ठाँउ–ठाँउमा संघिय संरचनाका आधारमा सर्व सुलभ तरिकाले दिने गरिन्छ । आज भन्दा ११० वर्ष पहिला वि.स. १९६७ साल फागुन १५ गते राणा प्रधानमन्त्री चन्द्र समसेरको पालामा पारी बुटवलको मणिमुकुन्दशेन दरवार फुलवारी क्षेत्रमा २ जना बंगाली डाक्टरले ६ सैया बाट सेवा सुरुवात गरेको बुटोल अस्पताल भिम समसेरको पालामा पुरानो अस्पतालको रुपमा हाल रेडक्रस भवन भएको स्थानमा सर्दै २०२४ सालमा अहिले रहेकै स्थानमा लुम्बिनी अञ्चल अस्पताल नामाकरण भएको थियो । सो समयमा यस अस्पतालले ५० सैयाबाट सेवा दिएको देखिन्छ ।

२०५० सालमा यस क्षेत्रका बिरामीको चापका कारण थप सेवा विस्तार गदै १०० सैयामा स्तरनोत्ती भएको लुम्बिनी अञ्चल अस्पताल २०६१ सालमा आफ्नै स्रोतबाट १०० सैया स्विकृत गरि २०७३ साल श्रावणमा थप विशेषज्ञ सेवा तथा थप जनशक्तिको साथमा (३०० सैया नेपाल सरकार तथा १०० सैया विकास समिति )४०० सैयामा स्तरनोत्ती भएको थियो । संघियता सँगै प्रदेश ५ को केन्द्र बुटवलमा रहेको यस अस्पताल प्रदेश ५ अन्तरगत पर्ने गरी २०७५ साल पौष १७ गतेको प्रदेश मन्त्रिपरिषद बाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका नाममा परिवर्तन भएको थियो ।
विश्व शान्तिको अग्रदुत भगवान गौतम बुद्ध जन्मिएको स्थान नजिकै र नाममा जन्मिएको लुम्बिनी प्रादेशिक अस्पताल नामले जस्तै धेरै धेरै दुखी र रोगी विरामी व्यक्तिहरुको साहारा बनेर दुख परेको अवश्थामा सुख र खुसी दिदै आएको छ ।

दुखी,गरीब,असाहय, मजदुर किसानको दुख कष्ट रोग व्यार्धीमा साहारा मात्र होइन धेरै भन्दा धेरै बच्चाहरु अर्थात देवी देवताहरुको जन्म घर भैदिएर हजारौको मुहारमा खुसी पनि भरेको छ । विभिन्न समय र परिस्थितीमा यस क्षेत्रका गरिब, असाहय,वृद्ध, बालबालिका, टुहुरा,श्रमिक मजदुर, किसान व्यापारी उद्योगी विद्यार्थी कर्मचारी सबैको स्वास्थ्य उपचारको लागि आशाको केन्द्रको रुपमा रहेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल साविकको लुम्बिनी अञ्चल वा अहिलेको प्रदेश ५का जनताको मात्र नभएर पुर्व मेची देखी पश्चिम महाकाली सम्म हिमाल पहाड तराईका जनता मात्र नभएर छिमेकी राष्ट्र वा विदेशी विरामीहरुलाइ पनि मानवता देखाउदै स्वास्थ्य सेवा दिइ आएको छ । गत आ.व. मा मात्रै अन्तरङ्ग विभागमा भर्ना भएर १९,७८३ जना विरामीले उपचार सेवा लिएका छन् ।

त्यसै गरी वहिरङ्ग विभागमा २,३२,८७६ जना विरामीले सेवा लिएका छन् भने ईमर्जेन्सीविभागमा ५३,७२९ जना विरामी गरि गत वर्ष ३,०६,३८८ जना विरामीलाई स्वास्थ्य उपचार सेवा दिइएको छ । यसै गरी गत वर्ष नै साधारण प्रसुतीबाट ७३९५ जना महिला सुत्केरी भएका छन् भने शल्यक्रियाबाट ३०१७ जना महिला गरि जम्मा १०४१२ जना महिलालाई सुत्केरी सेवा दिइएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले समय समयमा विभिन्न चमत्कारी सेवा गरेको छ । यस क्षेत्र वा प्रदेशको मात्र नभएर नेपालमा नै पहिलो र अनौठो बच्चा बचाउन सफल भएको छ ।

२४ हप्ताको गर्भवाट जन्मिएका ७५० ग्राम तौल भएका समर आजसम्मकै सबै भन्दा कम तौल भएको अवस्थामा जन्मिएर पनि १०५ दिन अस्पतालको एन.आई.सि.यु. तथा वाडमा चिकित्सक र नसिङ्ग कर्मचारीहरुको उचित उपचार र स्याहार सुसारवाट यही माघ १० गते आफ्नो पहिलो जन्मोत्सव सामान्य तौल र उमेरमा जन्मिएका बच्चाहरुले जस्तै स्वस्थ अवस्थामा यही अस्पतालमा आएर मनाएका छन् । यस वाट पनि अस्पतालको सेवा चिकित्सक र कर्मचारीको काम कस्तो रहेछ मुल्याड्ढन गर्न सकिन्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अहिले धेरै नै अवसर प्राप्त गरिरहेको छ । प्रदेश ५ सरकारबाट यसै वर्ष मात्र यस अस्पताललाई प्रदेश गौरवको आयोजनामा राख्दै ६–७ अर्बको लगानीमा १० तले हेलिप्याड सहित अति आर्कषक र अत्याधुनिक सबै प्रकारको विशेषज्ञ सेवा र सुविधा सहितको भवन निर्माणको कार्य अगाडि बढाई सकेको छ । प्रदेश राजधानीको मुटुमा रहनु स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारको प्राथमिकतामा पर्नु सबै क्षेत्रका जनताको पायक पर्ने स्थानमा हुनु, आफ्नै भौतिक सम्पति प्रशस्त रहनु यस अस्पतालका राम्रो पक्षहरु हुन् ।

प्रदेश सरकारले नजिकबाट नियाल्दै उच्च मुल्याड्ढनका साथ पहिलो पटक मन्त्री परिषदबाट यस क्षेत्रका लोकप्रिय अनुभवि समाज सेवी तथा जस्तासुकै चुनौतिको सामना गर्न सक्ने आदरणीय व्यक्तित्वलाई अध्यक्षको रुपमा तथा लोकप्रिय समाजसेवी व्यक्तिलाई सदस्यका रुपमा पाउनु र पहिला यसै अस्पतालमा मे.सु भैसकेका अनुभवी र स्थानिय चिकित्सकलाई प्र.मे.सु समेत मन्त्री परिषदबाट नियुतिm हुनु अस्पतालको लागि ठूलो अवसर र सम्मान हो । यति मात्र होइन अस्पताललाई आवश्यक पर्दा आफ्नो डिउटी समय मात्र होइन २४सै घण्टा अस्पतालमा सेवा गर्न तत्पर हुने धेरै चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी हुनु अस्पतालको लागि अत्यन्तै राम्रो अवसर हो । यस अस्पतालमा भौतिक पूर्वधार, औषधी उपकरण तथा विभिन्न प्रकारका विशेषज्ञ सेवा विस्तारका लागि कुनै पनि किसिमले रकमको अभाव हुन नदिने प्रदेश सरकार तथा केन्द्रिय सरकारबाट आएका प्रतिबद्धताहरु पनि धेरै ठूला अवसर हुन् ।

जनतामा लोक प्रिय जुझारु,सक्रिय युवा नेतालाई सम्बन्धित सामाजिक विकास मन्त्रीका रुपमा पाउनु अस्पतालका लागि ठुलो अवसर हो । सेवाको दृष्टिकोणबाट हेर्दा अहिले पनि अस्पतालमा दक्ष विज्ञ उत्कृष्ट चिकित्सक तथा कर्मचारीहरुको आर्कषण बढनु सबै राजनितिक दल सामाजिक संघसस्थाहरु, व्यपारी, वुद्धिजिवी उद्योगी मजदुर तथा किसानहरुको समेत यस अस्पतालको विकास र सुधारमा देखिएको एक्यवद्धता र सहयोगलाई अवसरको रुपमा लिन सकिन्छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल संघिय संरचना सगै जति जति पुरानो र विस्तार हुदै गयो यसलाई अवसरको साथसाथमा चुनौतिहरुपनि प्रसस्त थपिएका छन् । जनताहरु सबै प्रकारका सेवा तुरुन्त पाउन चाहन्छन् दैनिक देखिएको विरामीको चापलाई समय अनुसारको सेवा तत्काल दिनुपर्ने अवस्था एकातिर छ भने भौतिक पूर्वधारको अभावमा तोकिएको सैया अनुसारको सेवा दिन तथा विभिन्न विभागिय सेवा विस्तार गर्न समेत स्थान र भवनको अभाव भएको छ ।

युग र समय अनुसारको सेवा वा विभिन्न प्रकारका विशेषज्ञ सेवा उपकरण र सिपमा दक्षता भएका कर्मचारीहरुको कमीले गर्दा दिन सकिएको छैन् । पुराना कर्मचारीहरुलाई कम्पयुटर, नेटवर्क सम्बन्धी ज्ञान कम हुनु पुराना वानीव्यवहार परिवर्तन गर्न ग्राहो हुनु, कतिपय विशेषज्ञ सेवाको लागि चिकित्सक स्वास्थ्यकर्मी नहुनु, विभिन्न अप्रेशनको लागि महिनौ दिन सम्म विरामीले कुर्नुपर्ने अवस्था हुनु, ओ.पी.डी.मा आज आएका विरामीको चिकित्सकिय परामर्श पछि सबै जाच पडताल समयमै गर्न नसकिएका कारण आजनै सबै उपचार सेवा दिन नसक्नु, इर्मजेन्सी तथा प्रसुति कक्षमा विरामीको चापका कारण विरामीले दुख पाउनु वा रिफर हुनु, भर्ना गर्नुपर्ने विरामीलाई विभिन्न विभागमा वेडको अभावमा हप्तौ सम्म भर्ना हुन नसक्नु, आँखा जाच लगाएतका केही विशिष्ट सेवा नहुनु, पुरानो र ठुलो अस्पतालको लागि चुनौति देखिन्छ ।

सरकारले गरेको घोषणा अनुसारको सेवा सुविधा जनताले तत्कालैखोज्न,ु अस्पतालको सरसफाई सुरक्षा र संरक्षण लगायतका सवै काम त्यही काम गर्ने चिकित्सक वा कर्मचारीहरुको मात्र हो भन्ने सोचाइ र भावना स्थानीय जनता वा विरामीमा हुनु , बढदो जनसङख्या अनुसारको विरामीको चापलाई सरल सेवा मार्फत समयमै व्यवस्थापन गर्न नसक्नु पनि अस्पतालको लागि चुनौतिपूर्ण छ ।

हामीले बुझ्नैपर्ने कुरा के हो भने सेवा लिने र दिने व्यक्ति दुवै पक्ष सन्तुष्ट रहेमात्र खुसी मिल्दछ चिकित्सक वा स्वास्थ्यकर्मीले विरामी आउन साथ मुस्कान सहित सेवा दिनुपर्दछ । सबै विरामी हाम्रै घर परिवारका सदस्यजस्तै हुन भन्ने भावनालाई मनन गर्दै सेवा प्रदान गर्नु तथा चिकित्सक वा स्वास्थ्यकर्मी पनि यहि समाजका सदस्य हुन हाम्रै आफन्त र सुभचिन्तक हुन यिनिहरुको पनि परिवार छ भन्ने कुरा विरामी वा उनका आफन्तले हेक्का राख्नेहो भने सेवामा सुधार आउछ ।

दिनरात काम गरेर पनि भोकै बस्नुपर्ने बाध्यता सेवा प्रदायकमा हुनु, समय अनुसार सुविधा थपिदै जानु पर्नेमा नियम अनुसार पाउनु पर्ने सुविधा पनि रोकिदै काटिदै जाने वा सहि समयमा नपाउने आफ्नो विभागिय जिम्मेवारी पदीयदायित्व निभाउनुको सट्टा अरुको आलोचना र कमजोरी खोजेर हामी कहिल्यै पनि सफल हुन सक्दैनौ जसरी एउटा सुन्दर परिवारका सबै सदस्यहरु आ–आफ्नो भुमिका र जिम्मेवारी अनुसारको काम गर्छन त्यसरी नै हामीहरु पनि सबै मिली हातेमालो र सहकार्य गदै एउटै परिवार सम्झेर आफ्नो फाट जिम्मेवारी र पदीयदायित्व पुरा गरेर मात्र अरुलाई सुझाव वा निर्देशन दिने गरिएमा सबैतिर सुधार देखिन्छ ।

दिनरात काम गरेर घरमा जादा परिवार र बालबच्चाको अवस्था देखी सेवा नै छोडन मन लाग्ने अवस्था भयो भने सेवा सोचेजस्तो राम्रो हुन सक्दैन ।काम गर्दा आवश्यक पर्ने साधन स्रोत, उपयुक्त स्थान र जनशक्ति उपलब्ध गराउदै काम अनुसारको सुविधा व्यवस्थापन गर्नेहो भने अस्पतालमा व्यापक सुधारको संकेत आजै बाट पाउन सकिन्छ ।

अस्पतालमा आउने विरामी वा यस क्षेत्रका जनताले यो अस्पताल हाम्रो सम्पति हो यसको संरक्षण हामीले गर्नुपर्छ भन्ने कुरा मनन् गर्नु आफुलाई समस्या पर्दामात्र नभई एक असल नागरिकको रुपमा आफ्नो भुमिका निर्वाह गदै सरसफाइ र विकासमा हातेमालो गर्नु अस्पतालमा विकास र सुधारको महत्वपूर्ण कार्य हुने छ ।
– दया सागर पन्थी(लुम्बिनी प्रादेशिक अस्पताल-सामाजिक सेवा एकाइ बुटवल)

सम्बन्धित शिर्षक :