तेस्रो मुलुकसहित भारतीय नागरिकको उपस्थिति हुने प्रदेश ५ कोरोनाको उच्च जोखिममा

स्वास्थ्यसमाचार/कोरोना भइरसको पूर्वतयारीका लागि सामाजिक विकास मन्त्रालयमा आयोजित विपत सम्बन्धी बैठकमा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने,‘यो बेलामा तीन÷तीन घण्टा बैठकका नाममा समय बर्बाद गर्ने होइन, यो बेला काम गर्ने हो ।

’उनको अपेक्षा थियो प्रदेश सरकारले प्रतिकार्य तयारीको योजना बनाओस् ।स्थानीय तहसंग समन्वय गरेर काम गरोस् ।तर प्रदेश सरकारसंग अहिलेसम्म पनि कोरोना प्रतिकार्य योजना तयार भएको छैन । सामाजिक विकास मन्त्रालयले योजना बनाउनुपर्ने भए पनि लार्पबाही गरिरहेको छ ।

मन्त्री सुदर्शन बरालले बैठकहरु बस्न थालेको भन्दै योजना बन्दै जाने बताए । तेस्रो मुलुकसहित भारतीय नागरिकको बाक्लो उपस्थिति हुने प्रदेश ५ कोरोनाको उच्च जोखिममा छ । भारतीय शहरमा बिरामी भेटिएसंगै नागरिकमा त्रास छ ।

प्रदेश सरकार यसप्रति वेखबर देखिएको छ । संघीय मन्त्रालयको अनुगमन टोली आएपछि मात्रै सामाजिक विकास मन्त्रालयले सरोकारवालासंग पहिलो बैठक आह्वान गरेको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित सरोकारवाला बैठकमा सहभागि स्वास्थ्यकर्मीहरुले कोरोनाको तयारी कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सीमा क्षेत्रमा रहेका स्वास्थ्य डेक्समा जनशक्ति नभएको, उपकरण बिहिन र असुरक्षित रुपमा काम गर्नुपरेको गुनासो गरे ।

जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. सुनिता पौडेलले डेक्स स्थापना भएपनि जनशक्ति र उपकरण अभावले प्रभावकारी काम हुन नसकेको बताइन । स्वास्थ्यकर्र्मीले सुरक्षा उपकरण बिनानै काम गर्नुपरेको भन्दै जोखिम न्युनिकरणका उपाय थाल्न सरकारसंग माग गरिन् ।

योजना निर्माणमा ढिलाई

कोरोना भाइरसविरुद्ध उच्च सर्तकता अपनाउने क्रममा प्रदेश पाचमा ढिलो गरी विभिन्न तयारी थालिएको छ । प्रदेश सरकारले आवश्यक तयारी गर्ने क्रममा शुक्रवार स्थानिय तह, स्वस्थ्य क्षेत्र देखि सुरक्षा, प्रशासनिक, नीजि क्षेत्र, गैर सरकारी सस्था, संघ सस्थासहितको बैठक राखेर आवश्यक तयारीका बारेमा छलफल गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा भएको बैठकमा विभिन्न पक्षको सुझाव लिइएको थियो । प्रदेशका प्रदेश विपद ब्यवस्थापन कार्यकारी समितिका अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकमा कोरोना भाइरसविरुद्ध उच्च सर्तकता अपनाउने क्रममा हालसम्म भएका कामका वारेमा जानाकारी गराइएको थियो ।

 

कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री सुर्दशन बरालले भारतमा कोरोना भाइरस देखा परेपछि अलिबढी सर्तकता अपनाइएको भन्दै तयारीका विभिन्न काम भइरहेको बताए ।

उनले आबश्यक सामाग्रीहरुको ब्यवस्थापन गर्नेदेखि स्वस्थ्यसग सम्वन्धित सामाग्रीहरुको अभाव हुन नदिन आवश्यक ब्यवस्थापनका काम अव शुरु हुने । उनले बजार अनुगमन तीव्र पार्नेदेखि नाकाहरुमा उच्च सर्तकता अपनाउने गरी कामहरु अगाडी बढाइने बताए ।मन्त्री बरालले बिपत ब्यबस्थापनको लागी प्रदेश सरकार संग ९ करोड रहेकोले कुनै ब्यबस्थापन गर्न समस्या नहुने बताए । आबश्यक परे बजेट अरु पनि ब्यबस्था हुने बराललको भनाई थियो ।

मन्त्री कुलप्रसाद केसीले पनि मुख्य नाकाहरुमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । उनले कोरोना विरुद्ध उच्च सर्तकता अपनाउन आवश्यक तयारीका काममा प्रदेश सरकारले जोड दिएको धारणा पनि राखे ।

संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपुर्ती ब्यबस्था प्रमुख चुडामणि भण्डारीले सीमा क्षेत्रमा ब्यवस्थीत रुपमा स्वस्थ्य डेक्स सञ्चालन गर्न जनशक्ति अभाव रहेको अवस्था पाइएको भन्दै अतिरिक्त जनशक्तिको ब्यवस्थापन बिपद जोखिम न्युनिकरन आइन अनुसार कोष परिचाल जरुरी रहेको बताए ।

उनले नाकाहरुमा जनशक्ति ब्यवस्थापन गर्ने देखि स्वस्थ्यसग सम्वन्धित संघ सस्था, अस्पतालहरुवीच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए । भन्डारीले कलेज बिद्यालय हरुमा कोरानका भाईरसको बारे जनचेतना जगाउनु पर्ने बताए ।

त्यस्तै सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर प्रसाद चौधरीले रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको अवस्थाका बारेमा जानाकारी गराउदै ती जिल्लाका स्वस्थ्यकर्मीहरुले यस विषयमा छलफल बढाउनुपर्नेमा जोड दिएको बताए ।

प्रदेश स्वस्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रका निर्देशक दिनेशकुमार चापागाईले स्वस्थ्य सग आवश्यक सामाग्रीहरुको ब्यवस्थापनका लागि भइरहेको कामका बारेमा जानाकारी गराएका थिए ।

त्यस्तै प्रदेश स्वस्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदकुमार गिरीले हेल्थ्य डेक्सका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन नसकेको अवस्था रहेको भन्दै आवश्यक कामहरु अगाडी बढाइएको बताए । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मुख्य नाकाहरुका अतिरिक्त सहायक नाकाहरुका बारेमा ध्यान पु¥याउनुपर्ने अवस्था रहेको बताए ।

 

त्यस्तै दैनिक दिल्लि जाने बसहरुसमेत सुनौली नाकाबाट जाने हुदा त्यसमा यात्रा गर्नेहरुदेखि नाकामा आवातजावत गर्नेहरुका लागि स्वस्थ्य चेकजाचका लागि जनशक्ति बढाउनुपर्ने धारणा राखे । यो जनशक्तिले प्रभावकारी काम हुन नसक्ने बताए ।लुम्विनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. राजेन्द्र खनालले अस्पतालमा भएको तयारीका सम्वन्धमा जानाकारी गराउदै स्वस्थ्यकर्मीहरुलाई थप तालिमको जरुरी रहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका फिजीशियन डाक्टर सुर्दशन थापाले सर्तकता हुनुपर्ने तर आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताए । औषधी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष्य सुरज भट्टराईले प्रदेशमा औषधीको अभाव नहुने भन्दै कालो बजारी हुनबाट समेत रोक्न औषधी ब्यवसायी संघले पहल गर्ने बताए ।

कार्यक्रममा प्रदेश स्वस्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, लुम्विनी आयुर्वेद चिकित्सालयका विष्णुहरी आचार्य मेडिकल कलेज निजी अस्पताल लगायतले विभिन्न सुझाव दिएका थिए ।

सम्बन्धित शिर्षक :