सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो ।

विभेद रहित समाज निर्माणका लागि गाउँपालिका अघि बढेको समेत अध्यक्ष थारुले बताए ।राजश्वला भएका महिलाहरुलाई माया सद्भाव संगसंगै स्वास्थ्यको ख्याल गर्नु पर्ने र सरसफाईमा विशेष ध्ययान दिनु पर्ने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताईन ।

प्रजनन् गराउनुमा रजश्वलाको महात्वपुर्ण भुमिका रहेकोले यस सम्बन्धी गलत धराणा समाजबाट हटाउनु पर्ने उनको भनाई थियो । ।रजश्वलाका करण छात्राहरुको पढाईमा समस्या नहोस भन्ने उद्देश्यले सेनेटरी प्याड वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताए ।

रजश्वला महिलाहरुको जिवनमा आउने चक्र नियमित प्रकृया भएकोले रजश्वला हुनुलाई गलत ढंगले हेर्न नहुने कुरा स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बताए । सरसफाईमा ध्यान दिनु पर्ने उनले सुझाव दिए ।छाउपडी प्रथा तथा छुवाछुत अन्त्य हुनु पर्ने शिक्षा शाखा प्रमुख सुधिर पौडेलले बताए ।

सम्बन्धित शिर्षक :