भैरहवामा नेपाल भारतको वैठक :सीमामा स्वास्थ्य परीक्षण गर्ने

रुपन्देही/ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि नेपाल र भारत दुवै देशका अधिकारीले सहमति जनाएका छन्।भारतको दिल्ली, जयपुर, तेलगांना, अमृतसर, लखनउ, आगरा लगायतको सहरमा कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्।

भारतमा शनिबारसम्म ३३ जना ९१६ जना विदेशी० संक्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्यमन्त्री हर्ष वर्धनले त्यहाँको लोकसभामा २९ हजार ६ सय ७ जना शंकास्पद रहेकोले उनीहरुलाई चित्किसक निगारानी राखिएको जानकारी दिएका छन्।शनिबार भैरहवामा बसेको नेपाल–भारतको ‘काउन्टर पार्ट’ बैठकले भाइरससँग जुध्नका लागि विभिन्न निर्णय गरेको छ।

बैठकले रुपन्देही र महाराजगंजको दुवै सीमा क्षेत्रमा तेस्रो मुलुकका आउने जाने पर्यटकले अनिवार्य स्वास्थ्य परिक्षण गरेर मात्र जान दिने, सीमाबाट आवातजावत गर्ने नेपाली र भारतीय नागरिकको पनि शंकास्पद लागेको अवस्थामा स्वास्थ्य परीक्षण गर्ने र भाइरस सम्बन्धी प्रत्येक जानकारी आदानप्रदान गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

बैठकका नेपालको तर्फबाट रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी र भारतको तर्फबाट महाराजगंजका जिल्ला अधिकारी उज्जवल कुमार, दुवै देशका उच्च पदस्थ सुरक्षाकर्मी, स्वास्थ्य कर्मचारी लगायतको उपस्थित रहेको थियो।अन्नपुर्ण पोष्टवाट साभार गरिएको।

सम्बन्धित शिर्षक :