स्वास्थ्यसमाचार/ एनएमबि बैंक पदेश पाँच कार्यलय बुटबलले माहामारीको रुपमापैलिएको कोरना भाइरस बाट जोगिन चिकित्सकका लागी अति आवश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री पीपीई का पुरा सेट प्रदेश पाच सरकारलाई हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश ५ का निक्षेप प्रवन्धक डिबिर विक्रम शाह सहितको टोलीले कोभिड–१९ विरुद्को स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागी आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामग्री पीपीई का पुरा सेट बुट सहित मुख्यमन्त्री कार्यलएमै पुगेर प्रदेश ५ का मुख्य मन्त्रि शंकर पोखरेल लाई हस्तान्तरण गरेको हो । समाग्री बुझ्दै मुख्यमन्त्री पोखरेलले सबैको सहयोगले माहामारी संग लड्न सहज हुने…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
कोरोनालाई पराजित गरेकी नेपाली नर्स :आत्मबल सबैभन्दा ठुलो कुरा
स्वास्थ्यसमाचार/अमेरिकाको कोलोराडो स्थित बोल्डरमा बस्दै आएकी बर्ष ४१ कि प्रमीला पौडेललाई गत मङ्गलवार मार्च २४ देखी कोरोना भाइरसको चपेटामा परेकी उनी कोरोनालाई जितेर अहिले सामान्य जीवनमा फर्केकी भए पनि सेल्फ आसोलेसनमा छिन । आसोलेसनमा बसेको आज १० दिन भएको छ । उच्च मनोबल, घरमा बनाएको औषधी र स्वास्थ्य जीवनशैलीले गर्दा उनले कोरोनालाई पराजित गर्न सफल भएको उनका श्रीमान् सञ्जय सिंहले बताए । उनले भने– ‘जिउ छाडेर पल्टियो अथवा मनोबल कमजोर बनायो भने कोरोनाले हामीलाई जित्छ, मनोबल उच्च बनायो र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौँ ।’ बोल्डर कम्युनिटी अस्पतालमा…
होमियोप्याथिक चिकित्सा पद्धति र होमियोप्याथिक दिवस्
१. होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय ः होमियोप्याथिक चिकित्सा पद्धति २३० बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो व्यक्ति फरक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दीक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा समान र प्याथि मिन्स सफरिन्ड अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबै खाले चिकित्सा पद्धति भन्दा छुट्टै आफ्नो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व…
प्रदेश ५ का सबै क्वारेन्टाइनमा आरडिटीबाट कोरोना परीक्षण
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। २ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको परीक्षण गर्न थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि लागि बिहीबारदेखि २ जिल्ला हेर्नेगरी ६ वटा वटा स्वास्थ्यकर्मीको टोली खटेको छ। ‘आजदेखि क्वारेन्टाइनमा बसेर २ हप्ता कटाएका हरेक व्यक्तिको आरडीटी हुनेछ,’ मन्त्री बरालले भने, ‘त्यसमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ। पोजिटिभ भए स्वाब परीक्षणका लागि पठाइने छ। ’ प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६…
तिलोत्तमामा पहिलोपटक १० जनामा आरडिटीबाट कोरोनो परीक्षण
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए। भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो ।सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई…
‘बीसीजी खोप कोरोनाविरुद्ध लाभदायक’
न्युयोर्करनयाँ दिल्ली / वैज्ञानिकहरूले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणविरुद्ध लड्न बीसीजी खोप लाभदायक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । कोभिड–१९ को संक्रमण फैलिएका विश्वका १ सय ७८ देशको तथ्यांकको विश्लेषणका आधारमा अमेरिकाका वैज्ञानिकहरूले उक्त तथ्य पत्ता लगाएका हुन् । सिंगापुरको डुक(नस मेडिकल स्कुलमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणका लागि आवश्यक सामग्री विकसित गर्दै एक अनुसन्धानकर्ता। तस्बिरः रोयटर्स उनीहरूका अनुसार क्षयरोगविरुद्धलगाइने बीसीजी खोप नीति अवलम्बन गरेका देशहरूमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर१० गुणा कम छ । क्षयरोगको महामारी फैलिएका तथा जोखिममा रहेका देशका नवजात शिशुलाईबीसीजी खोप दिने गरिएको छ । वैज्ञानिकहरूका…
चिकित्सक वर्खास्त गर्नुको कारण माग्यो चिकित्सक संघ लुम्बिनीले
स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक वर्खास्त गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ। चिकित्स लुम्बिनी शाखा अध्यक्ष डा ईन्द्र ढकाल र महासचिब डा सन्तोष पोखरेलद्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा बिश्व कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सक लगायत स्वास्थ्यकर्मिको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निबृत र बिभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मिलाई सेवामा आउन आवाहन गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन । यस्तो बिषयमा परिस्थीतीमा चिकित्सक र स्वास्थ्यकर्मी मनोबल नघटाई सेवामा सर्मपति हुन आग्रह गरेको छ। के कारणले उक्त घटना भएको सामाजीक बिकास…
डायलासिस गर्न आउने बिरामीलाई निःशुल्क बस सेवा
स्वास्थ्यसमाचार/लकडाउनका कारण सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप गरेको छ । दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो । हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको…
कोरोना अस्पतालमा मृत्यु : ११ औ दिनमा बाबुरामको शव बुझे परिवारले
स्वास्थ्यसमाचार /बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति भएको छ । ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झीदै गएपछि ११ औं दिनमा परिवार र सरकारी (सरोकारवाला) पक्षबिच सहमति जुटेको हो । प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो । उपचारमा अस्पतालको लापरवाहीका कारण बाबुराको मृत्यु भएको भन्दै आफन्तले न्याय पाउनुपर्ने अडानमा थिए ।आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । र त्यसमा आर्थिक सहयोग…
संकटकोवेला अस्पताल नआउने ५ जना चिकित्सक जागिरै चट
स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्सकहरुलाई कारवाही प्रकृया शुरु गरेको छ । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको हो। सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ। लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले भने विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको बताए । खनालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश…

