चिकित्सक वर्खास्त गर्नुको कारण माग्यो चिकित्सक संघ लुम्बिनीले

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक वर्खास्त गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ।

चिकित्स लुम्बिनी शाखा अध्यक्ष डा ईन्द्र ढकाल र महासचिब डा सन्तोष पोखरेलद्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा बिश्व कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सक लगायत स्वास्थ्यकर्मिको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निबृत र बिभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मिलाई सेवामा आउन आवाहन गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन ।

यस्तो बिषयमा परिस्थीतीमा चिकित्सक र स्वास्थ्यकर्मी मनोबल नघटाई सेवामा सर्मपति हुन आग्रह गरेको छ।  के कारणले उक्त घटना भएको सामाजीक बिकास मन्त्रालय प्रदेश ५ र लुम्बिनी प्रादेशिक अस्पतालले स्पस्ट पार्न आग्रह गर्दे समन्धीत पक्षसंग छलफल गर्न तयार रहेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित शिर्षक :