होमियोप्याथिक चिकित्सा पद्धति र होमियोप्याथिक दिवस्

होमियोप्याथिक जुनु थापा

१. होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय ः होमियोप्याथिक चिकित्सा पद्धति २३० बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो व्यक्ति फरक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दीक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा समान र प्याथि मिन्स सफरिन्ड अर्थात लक्षण भन्ने हुन्छ ।

यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबै खाले चिकित्सा पद्धति भन्दा छुट्टै आफ्नो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व स्वास्थ्य संगठनले एलोप्याथिक पछिको दोस्रो चिकित्सा पद्धतिको रुपमा लिएको छ ।

खासगरि युरोप, अमेरिका लगायत एसियाका धैरै देशहरुमा सरकारी मान्यता सहित यो उपचार पद्धति प्रचलनमा छ । युरोपियन युनियनमा मात्रै ४० हजार भन्दा बढी होमियोप्याथिक डाक्टरहरुले यो चिकित्सा पद्धति अवलम्वन गरेका छन । भारतमा २० वटा भन्दा बढी युनिभर्सिटि जसमा एउटा विशुद्ध होमियोप्याथिक युनिभर्सिटि सहित २०० भन्दा बढी मेडिकल कलेज सचांलनमा छन र करिब छ लाख होमियोप्याथिक चिकित्सकहरुले सेवा दिइरहेका छन ।

ग्रामिण तहदेखि राष्ट्रपति कार्यालयसम्म होमियोप्याथिक चिकित्सा सेवा शुचारु छ । त्यसैले पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया लगायतका देशहरुमा समेत विभिन्न युनिभर्सिटि अन्तर्गत होमियोप्याथिक चिकित्सा सम्बन्धि पढाई हुन्छ र जनतालाई स्वास्थ्य सेवा प्रधान भइरहेको छ । यो चिकित्सा पद्धति सस्तो मात्र नभई अत्यन्त सरल प्रभावकारि र वातावरणिय संगतिको छ । यसको प्रयोग दिनानुदिन विश्व परिभेषमा बढ्दै गइरहेको छ ।

त्यस अनुरुप नेपालमा समेत जनस्तरमा होमियोप्याथिक चिकित्साको प्रयोग बढि रहेको छ । हाल नेपालमा ३०० जना भन्दा बढी होमियोप्याथिक चिकित्सकहरुले देशका बिभिन्न क्षेत्रहरुमा यो चिकित्सा सेवा प्रदान गरिरहेका छन । अहिले आएर नेपालमा पनि होमियोप्याथिक चिकित्सामा बिरामीको लगाव एकदमै बढ्दो क्रम छ । एउटा मात्र सरकारको मातहतमा रहेको अस्पतालमा करिव दैनिक ३ सय जनाले निशुल्क चेकअपका साथै निशुल्क औषधि सेवापनि लिइरहेका छन ।

२. होमियोप्याथिक चिकित्सा पद्धतिका जन्मदाता हेनिमन्को परिचय : सन १७५५ अप्रिल तारिखमा जर्मनीको माइसेन शहरमा होमियोप्याथीका जन्मदाता Christian Friedrich Samuel Hahnemann को जन्म भएको थियो । उनको पारिवारिक स्थिति एकदमै नाजुक थियो ।

उनको बाल्यवस्था सारै संघर्षपूर्ण थियो । यिनका पिता एकदमै गरिव थिए । चिनिया माटोको भाडामा बुट्टा हाल्ने काम गरेर आफ्नो परिवारको पालनपोषण गर्दथे यहि गरिबिको कारणले गर्दा हेनिमन् आफ्नो अध्यनका लागि सारै दुख गर्नुपरेको थियो । तर हुने बिरुवाको चिल्लोपात भनेझै कुशाग्रबुद्धि र तिब्र प्रतिभाका धनि थिए । उनले २४ बर्षकै कलिलो उमेरमा एलोप्याथिमा एम.डि. को उपाधि हासिल गरिसकेका थिए । उनले सिबिलसर्जनको पदमा रही १० बर्ष सम्म डे्र्सडेन अस्पतालमा सेवा कार्य गरे ।

त्यो समयमा डा. हेनिमन् एलोप्याथिक चिकित्सा पद्धतिसंग सहमति थिएनन् किनकि एलोप्याथि औषधिबाट एउटा रोगको उपचार हुनुको साथै शरिरमा कैयौ नया रोगहरु उत्पन् भैइरहनथे । सोहि समयमा उनको छोरी बिरामी भइन । उनलाई राम्रो भन्दा राम्रो उपचार गरियो तर हेनिमनले आफ्नो छोरीलाई बचाउन सकेनन् र छोरीलाई सदाका लागि गुमाइ सकेपछि उनले एलोप्याथिक चिकित्सा पद्धतिलाई सदाका लागि छोडिदिए त्यसैबेला आफ्नो जिविका पार्जन गर्नको लागि उनले चिकित्सा एवंम बिज्ञानका पुस्तकहरु बिभिन्न भाषामा अनुबाद गर्ने गर्दथे ।

उनलाई ग्रिक, लेटिन, अग्रेजि, जर्मन लगाएत ज्ञण् भाषाको ज्ञान थियो सन ज्ञठढण् मा डाक्टर कुलेनदारा लिखित मेटेरियामेडिका पुस्तकको अग्रेजिबाट जर्मन भाषामा अनुबाद गर्ने क्रममा हेनिमेनले सिन्कोना भन्ने औषधिको बारेमा जानकारी पाए । उनले सिन्कोना भन्ने औषधिले मलेरिया ज्वरोको लागि महत्वपुर्ण औषधि हो भन्ने यिनलाई थाहा भयो र आफ्नै शरिरमा सिनकोनाको प्रयोग गरे त्यसपछि यस निष्कर्षमा पुगेकि जुन औषधिय पदार्थ स्वस्थ मानिसमा प्रयोग गर्दा जुन किसिमका रोग र लक्षणहरु उत्पन् हुन्नछन ।

उहि औषधि त्यस्तै लक्षणहरु भएको रोगि व्यक्तिलाई सुक्ष्म मात्रामा सेवन गराउनाले रोगको निदान गराउन सकिन्छ भन्ने कुरालाई नै मनन् गर्दा गर््दै  उनको मनमा सिन्कोना जस्ता औषधिय गुण भएका पदार्थमा पनि रोगलाई निर्मल पार्ने शक्ति छ भनि उहाले ६ बर्षसम्म अनबरत रुपमा आफनो शरिरमा धैरै किसिमिका औषधिहरु परिक्षण गरे यसै परिक्षणले हेनिमेनलाई सम समं शमयति अर्थात जस्ले रोग उत्पन्न गर्दछ उसैले रोग निको पार्छ भन्ने जानकारी भयो र उनले सहशरोगको सहश चिकित्सा भन्ने नयाँँ सिद्धन्त प्रतिपादन गरे र त्यसलाई होमियोप्याथिक चिकित्सा नाम दिए ।

१८औं शताव्दिको अन्ततिरको एउटा चमत्कारि तर बैज्ञानिक चिकित्सा जगतको उपलब्धि हो । यसको चिकित्सा दर्शनले विश्वलाई एक नया चिकित्सा दर्शन दिएको छ । जस्को कुनै बिकल्प छैन् । होमियोप्याथिले बिष्व स्वास्थ्य मिसनलाई पुरा गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । जसको परिणाम आज हाम्रो सामु छ । डाक्टर सेमुयल हेनिमेनले जन्म दीएको होमियोप्याथिक चिकित्सा पद्धति विश्वभर प्रचलीत छ । डाक्टर हेनिमेनलाई होमियोप्याथिकको फादर भनेर १० अप्रिलमा उहाँँको जन्मोत्वस विश्व भरिनै मनाउने गरिन्छ ।

३. होमियोप्याथिक चिकित्सा पद्धतिको प्रवेश नेपालमा ः होमियोप्याथि चिकित्सा पद्धति नेपालमा २००४साल राणाशासन कालदेखि भित्रिएको चिकित्सा पद्धति हो । २००४ सालमा नेपालमा प्रवेश पाईसके पछि २०१० सालमा सरकारि स्तरबाट शुरुभएको थियो । यस चिकित्सा पद्धतिलाई २०१० सालमा काडमाडौको हरिहर भवन स्थित पशुपति होमियोप्याथि अस्पतालको नाममा सुचारु भएको थियो त्यो अस्पताल सोहि ठाउमा अहिले पनि सन्चालनमा छ ।

४. होमियोप्याथिक औषधि कसरी बनाईन्छ र यसले मानव सरिरमा कसरी काम गर्छ : होमियोप्याथि चिकित्सामा प्राय गरेर उहि औषसधिहरुको प्रयोग गरिन्छ जुन आयुर्बेद एलोप्याथिक तथा युनानि चिकित्सा पद्धति अन्तर्गत प्रयोगमा ल्याईन्छ फरक यतिमात्रै छ कि अन्य चिकित्सा पद्धतिमा औषधिको प्रयोग स्थुलरुप गरिन्छ भने होमियोप्याथिमा औषधिको प्रयोग अत्यन्त सुक्ष्मरुपमा गरिन्छ । यि चिकित्सा विधिहरुमा वनस्पति,खनिज पदार्थ,पशुहरु तथा रोगजन्य बिषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याईन्छ ।

तर, औषधि निर्माणको प्रकृयामा भने फरक पर्न जान्छ । होमियोप्याथीमा प्रयोग हुने औषधिहरुको परीक्षण स्वस्थ ब्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुदैन । होमियोप्याथि औषधिको कुनै प्रकारको (दुष्प्रभाव) साईड ईफेक्ट छैन ।होमियोप्याथिक औषधिले होम्रो सरिर भित्र रहेको भाईटल फोर्स (डिफेन्समेकानिजम)लाई एक्टिभ गरि स्वउपचार प्रकृयालाई क्रियासिल बनाई रोगबाट मुक्ति दिनको लागि सहयोग गर्दछ ।

होमियोप्याथिक चिकित्सा पद्धतिको आधारमा रोगि लाई दिइने औषधिको मात्र अति न्युन हुनु पर्दछ । ताकि औषधि प्रयोग गरिसके पछि रोगिको शरिरमा कुनैै पनि दुष्परिणाम नदेखियोस । होमियोप्याथि चिकित्सा पद्धति यस्तो खालको चिकित्सा पद्धति हो जसमा निकै कम औषधिको प्रयोग गरि शरिर भित्र रहेको स्वउपचार प्रकृयालाई क्रियाशिल बनाई रोगलाई निदान गरिन्छ ।

होमियोप्याथिक औषधिको प्रयोग गर्दा रोगि ब्यक्तिलाई कुनै पनि प्रकारको शारिरिक एवम मानसिक कष्ट नदिइकन प्राकृतिक रुपबाट रोगिको उपचार गरि स्वस्थ बनाईन्छ । यो चिकित्सा पद्धति ब्यक्तिपरक उपचार पद्धति भएको हुदा होमियोप्याथिकमा रोगको नामले उपचार गरिदैन् । होमियाप्याथिक उपचार गर्दा रोगि ब्यक्तिको मानसिक एवम शारिरिक तथा भावनात्मक सबै पक्षको उपचार गरिन्छ जस्तै उदाहरणका लागि झाडापखला लागेका छ जना रोगि ब्यकितको होमियोप्याथिमा एउटै औषधिले उपचार गरिदैन ।

यसमा उपचार गर्दा समष्टिगत लक्षणको आधारमा छ जना रोगि ब्यक्तिलाई छुटाछुटै औषधिको प्रयोग गरिन्छ । किनभने होमियोप्याथिको मुल सिदान्त रोगिको उपचार गर रोगको होइन भन्ने हो । त्यसैले होमियोप्याथिकमा रोगको नाममा भन्नदा पनि रोगिको समष्टिगत लक्षणको आधारमा औषधिहरुको प्रयोग गरिन्छ । होमियोप्याथिक औषधि प्रयोग गर्दा रोगको प्रकार र रोगिको अवस्थामा भरपर्दछ ।

एक्युट रोगको तुलनामा दीर्घकालिन रोगहरुमा औषधिको प्रभाव केहि ढिलो हुन्नछ । होमियोप्याथिमा औषधिको एउटै आकार र प्रकार देखेर सबै रोगका लागि एउटै किसिमको औषधिहरु हुन्नछन भन्ने भ्रम पर्दछ तर बास्तवमा एकै प्रकारको औषधि हुदैन । होमियोप्याथिमा सेतो दानाले सबै रोग निको पार्दछ भन्ने जनमानसमा भ्रम छ । तर बास्तवमा सेतो दाना (ग्लोव्युल्स) स्वयम आफैमा कुनै पनि औषधि होईन ।

रोगिको शरिरमा औषधि पुर्याउने एउटा माध्यम मात्र हो । भौतिक रुपमा समान देखिएता पनि त्यस औषधिको प्रभाव एउटै प्रकारको हुदैन जस्तै बसपार्कमा देखिने सबै यात्रुबस एकै ठाउमा जादैनन् सबै आ आफनो गन्तब्य स्थान र छुटने समय बेग्ला बेग्लै हुन्छ । त्यसैले गर्दा होमियोप्याथिक चिकित्सा पद्धतिमा प्रयोग गरिने औषधिहरु देख्दा एउटै देखिएता पनि फरक किसिमको रोग र काम गर्ने तरिका पनि फरक हुन्नछ ।

५. नेपालमा होमियोप्याथिक चिकित्सा पद्धतिको आवस्यकता किन : हरेक चिकित्सा पद्धतिको आआफ्ना स्कोप÷लिमिटेसन हुन्छन । सबै चिकित्सा पद्धति आफैमा पुर्ण हुदैनन र सबै चिकित्सा पद्धति एक अर्काका परिपुरकको रुपमा प्रयोग भइरहेका छन । होमियोप्याथिक उपचार अत्यन्त सस्तो शुलभ र एफेक्टिभ चिकित्सा पद्धति हो । यो चिकित्सा पद्धति प्रयोगमा ल्याउदा कुनै पनि नकरात्मक असर नपर्ने हुनाले जुनसुकै उमेर समुहको बच्चा देखि बृदा सम्म र सुत्केरि अवस्थामा समेत प्रयोग गर्न सकिन्छ ।

त्यसैले विश्वका बिकशित देशहरुमा समेत होमियोप्याथिक उपचार लोकप्रिय बन्दै गइरहेको छ । नेपालमा पनि यसको लोकप्रियता बढ्दै गएतापनि सरकारी क्षेत्रबाट बिकास र बिस्तार गर्न नसक्दा हजारौ नेपालीहरु समेत भारतमा होमियोप्याथिक उपचार गराउन गइरहेका छन । होमियोप्याथिक औषधिहरु प्राकृतिक रुपमा पाउने हुँदा जस्तै बनस्पति, जैबिक र खनिज अन्य पदार्थबाट सरल रुपमा उत्पादन गर्न सकिने अवस्था विद्धमान छ ।

वर्षेनी कैयौं नेपालीहरु उपचारको अभावमा महंगो उपचारबाट दुख र कष्टकर जिवन बिताउन बाध्य छन । यस परिपेक्षमा होमियोप्याथिक उपचार बिधिबाट ठुलो आर्थिक भार बिना सरल र शुलभ तरिकाले उपचार गर्न सकिने हुनाले हाम्रो जस्तो बिकासोन्मुख देशमा यस उपचार पद्धति अत्यन्त प्रभावकारि हुनेछ । नेपालको सबिधान २०७२ मा पनि होमियोप्याथिक उपचार पद्धतिको बिकास बिस्तारलाइ समाबेश गरेको छ । विश्व स्वास्थ्य सघठन र नेपाल सरकारबाट समेत यस उपचार पद्धतिलाई मान्यता दिएको छ ।

होमियोप्याथि चिकित्सा पद्धति हाम्रो जस्तो बिकासोन्मुख देशमा आवस्यक हुनुका कारणहरु

१. बिना साइड एफेक्ट बिरामिहरुले होमियोप्याथिक उपचार पाउने ।
२. होमियोप्याथिक उपचार पदितबाट उपचार गराउदा रोगको जरैदेखि उन्मुलन हुने भएकोले
बारम्बार रोग दोहोरिरहने अवस्थाबाट बिरामिहरुले मुक्ति पाउने ।
३. अपरेसन गर्नुपर्ने धैरै रोगहरु होमियोप्याथिक औषधिबाट निको हुने सम्भावना रहेका कारण यस्ता बिरामीहरुले समेत राहत पाउने ।
४. दीर्घ रोगीहरुमा होमियोप्याथिक उपचार निकै प्रभावकारी भएको कारण यस्ता रोगिहरुले समेत राहत पाउने ।
५. हाम्रो जस्तो बिकाशोन्मुख देशमा सस्तो सुलभ कम लगानिमा जनतालाई सेवा दिन सकिने ।

६. होमियोप्याथि चिकित्सा पद्धतिमा कस्ता किसिमका रोगहरुको उपचार हुन्छन् ः यस चिकित्सा पद्धतिमा तत्काल अप्रेशन गर्नु पर्ने रोगहरु र इमरजेन्सि रोगहरु बाहेक बिशेस गरि नन सर्जिकल रोगहरुमा एकदमै इफेक्टिभ छ ।

अटो इम्युनो रोगहरुमा होमियोप्याथि चिकित्सा पद्धति एकदमै प्रभावकारि हुन्छ किनकि अटो इम्युनो रोगहरुमा मानिसको रोगसग लडन सक्ने क्षमता को हा्रस भएको हुन्छ त्यसमा होमियोप्याथि उपचारले एकदमै राम्रो उपचार गर्छ । जस्तै नशा, बाथ, प्यारालाइसिस, छालाका समस्या, स्वास प्रस्वासका समस्या, पायल्स, पत्थरी, ग्याष्ट्र्कि, महिलारोगहरु, बालरोगहरुमा अन्य तमाम दीर्गरोगहरुमा एकदमै इफेकटीभ छ ।

७. किन उत्कृष्ट छ होमियोप्याथिक चिकित्सा पद्धति : अन्य उपचार पद्धतिको तुलनामा होमियोप्याथिक चिकित्सा पद्धति उत्कृष्ट छ किन कि यो चिकित्सा पद्धति प्रयोगमा ल्याउदा कुनै पनि नकरात्मक असर देखिदैन । होमियोप्याथिक चिकित्सा पद्धतिले रोगलाई जरैबाट निको बनाउने हुनाले बारबार दोहोरिने सम्भावना एकदमै न्युन हुन्छ । यो चिकित्सा पद्धति प्रयोगमा ल्याउदा कुनै पनि नकरात्मक असर नपर्ने हुनाले जुनसुकै उमेर समुहको बच्चा देखि बृदा सम्म र सुत्केरि अवस्थामा समेत प्रयोग गर्न सकिन्छ ।

अन्य उपचार पद्धतिको तुलनामा होमियोप्याथि उपचार पद्धति सस्तो सुलभ छ । यस उपचार पद्धतिमा निस्कियका जति पनि औषधि प्रयोगमा आएका छन ति औषधि प्रयोगमा ल्याइए सकेपछि औषधिले कुनै दुसप्रभाव गरेर प्रतिबन्ध लागाईएका कुनै पनि औषधिहरु छैनन् त्यस कारणले गर्दा पनि होमियोप्याथि चिकित्सा पद्धति उत्कृष्ट छ ।

*लेखक मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.बुटवल तथा अखिल नेपाल होमियोप्याथिक एसोसिएसन प्रदेश नं. ५ को सहसचिवमा कार्यरत छन् । (सम्पर्क नं. ९८५७०४८७४५)

सम्बन्धित शिर्षक :