कोरोनालाई पराजित गरेकी नेपाली नर्स :आत्मबल सबैभन्दा ठुलो कुरा

आत्तिएर हात खुट्टा छाडेर ढल्यो भने कोरोनाले जित्छ घरमा आफ्नो नियमित दैनिकी छाड्नु हुँदैन

स्वास्थ्यसमाचार/अमेरिकाको कोलोराडो स्थित बोल्डरमा बस्दै आएकी बर्ष ४१ कि प्रमीला पौडेललाई गत मङ्गलवार मार्च २४ देखी कोरोना भाइरसको चपेटामा परेकी उनी कोरोनालाई जितेर अहिले सामान्य जीवनमा फर्केकी भए पनि सेल्फ आसोलेसनमा छिन ।

आसोलेसनमा बसेको आज १० दिन भएको छ । उच्च मनोबल, घरमा बनाएको औषधी र स्वास्थ्य जीवनशैलीले गर्दा उनले कोरोनालाई पराजित गर्न सफल भएको उनका श्रीमान् सञ्जय सिंहले  बताए । उनले भने– ‘जिउ छाडेर पल्टियो अथवा मनोबल कमजोर बनायो भने कोरोनाले हामीलाई जित्छ, मनोबल उच्च बनायो र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौँ ।’

बोल्डर कम्युनिटी अस्पतालमा कार्यरत सहायक नर्स प्रमीलालाई गत मार्च २४ मा शरीर दुख्ने, आँखा पोल्ने, टाउको दुख्ने भयो । उनले आफूलाई कोरोना संक्रमण भयो कि भनेर आंशका गरिन् । त्यसपछि श्रीमान्, श्रीमती भिन्नै कोठामा सुत्न थाले, उनले प्रयोग गरेको बाथरुम अरू कसैले प्रयोग गर्दैनथे । दुई दिन पछि उनलाई ज्वरो आयो, श्रीमान् सञ्जयले टायनल खान दिए ।

उक्त दबाइले ६ घण्टा जति ज्वरो कम हुने फेरी आउने भयो । यस्तै क्रम दुई दिन भएपछि प्रमीलाले आफूले काम गरेको ठाउँमा फोन गरिन । उनी बोल्डर कम्युनिटी अस्पतालको कर्मचारी भएको हुनाले चेक गर्न बोलायो, आफैँ आउनु, नसक्ने स्थिति छ भने हामी लिन आउँछौ भन्यो अस्पतालले, तर उनी आफैँ अस्पताल गइन ।

मार्च २७ मा उनको कोरोना टेस्ट गर्न स्वाब लियो, उनको रिपोर्ट पोजेटिभ आयो । त्यसको जानकारी अस्पतालले हिजो बुधवार अप्रिल १ मा दिएको थियो । कोरोना सङ्क्रमणको पुष्टि भएपछि सञ्जयले अझ बढी सजगता अपनाएर अहिले श्रीमतीको रेख देख गरिरहेका छन् । श्रीमानले “यदि साधारण व्यक्ति गएको भए कोरोना टेस्ट समेत नगर्ने अस्पतालले उनकी श्रीमती त्यही काम गर्ने कर्मचारी भएको हुनाले मात्र टेस्ट गरेको” बताए ।

“एकदमै गाह्रो नभएसम्म अस्पतालको इमर्जेन्सी रुममा नजानु नै उपयुक्त हुने रहेछ । घरमै बढी टेक केयर गर्न सकिन्छ । अस्पतालमा छुट्टै कोठामा राखेर बिरामीलाई परिवारका सदस्यलाई समेत भेट्न नदिने अवस्था आउँदा झन् बिरामीको मनोबल कमजोर भएर कोरोनाले जित्न सक्ने अवस्था आउने रहेछ ।” सञ्जयले आफ्नो अनुभव सुनाए ।

कोरोना भाइरससँग लड्नका लागि आत्मबल सबैभन्दा ठुलो कुरा भएको छ । सञ्जयले भने – ‘कोरोनालाई कुनै पनि हालतमा जित्न दिनु हुँदैन । आत्मबल उच्च राख्नुपर्छ, आत्तिनु हुँदैन । आत्तिएर हात खुट्टा छाडेर ढल्यो भने कोरोनाले जित्छ । घरमा आफ्नो नियमित दैनिकी छाड्नु हुँदैन । हात खुट्टा छाडेर पल्टियो भने त मैले हारेँ, तैँले जितिस् भनेर कोरोनालाई छाडिदिए जस्तै हो । त्यसैले जति बेला पनि बेडमै पल्टिने नभई कुर्सीमा बस्ने, यता उता डुल्ने र आत्मबल कायम राख्ने गर्नुपर्छ ।’बिआरटी वाट

सम्बन्धित शिर्षक :