स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ।
२ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको परीक्षण गर्न थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि लागि बिहीबारदेखि २ जिल्ला हेर्नेगरी ६ वटा वटा स्वास्थ्यकर्मीको टोली खटेको छ। ‘आजदेखि
क्वारेन्टाइनमा बसेर २ हप्ता कटाएका हरेक व्यक्तिको आरडीटी हुनेछ,’ मन्त्री बरालले भने, ‘त्यसमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ। पोजिटिभ भए स्वाब परीक्षणका लागि पठाइने छ। ’
प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६ जना क्वारेन्टाइनमा बसेका छन्। आरडीटीका लागि संघीय सरकाले बिहीबार नै प्रदेशमा ५ हजार थान किट पठाएको छ। डा. रमेश खरेलको नेतृत्वमा आएको चिकित्सकको टोलीले प्रदेशमा किटसहित विभिन्न स्वास्थ्य उपकरण ल्याएको थियो। टोलीले सामाजिक विकास मन्त्रालयमा सरोकारवालासहितलाई भेटी कोरोना नियन्त्रण तथा रोकथामबारे जानकारी लिएको थियो।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्