तिलोत्तमामा पहिलोपटक १० जनामा आरडिटीबाट कोरोनो परीक्षण

क्वारेन्टाइनमा भारतबाट आएर बसेका हुन

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए।

भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो ।सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो ।

भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो । तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो ।

परीक्षण कार्यमा ल्याव टेक्निसियन कृष्ण घिमिरे र मिलन श्रेष्ठ सहभागी थिए । उनीहरु डब्लुएचओको मापदण्डअनुसार सरकारले उपलब्ध गराएको पिपिइ लगाएर परीक्षण कार्यमा सहभागी भएका हुन् ।

आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पूर्याएर क्वारेन्टाइनबाट बिदा गरिने गौतमले बताए ।
आरडिटी परीक्षणमा पोजिटिभ नतिजा आएहरुको स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए । तिलोत्तमा नगरपालिकाले बिहीबार सामाजिक विकास मन्त्रालयबाट २० वटा किट प्राप्त गरेको थियो ।

सम्बन्धित शिर्षक :