आयुर्वेद औषधी उत्पादक संघद्धारा ज्याकेट र च्यावनप्राश हस्तान्तरण

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद औषधी उत्पादक संघले आइसोलेसन तथा कोरिन्टाइनमा गएर फ्रन्ट लाइनमा काम गर्ने आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ ज्याकेट र कोरोना पीडितका लागि च्यावनप्राश हस्तान्तरण गरेको छ । प्रदेश ५का सामाजिक मन्त्री सुदर्शन वराललाई आयुर्वेदिक औषधी उत्पादक संघले हस्तान्तण गरेको हो। साम्रागी हस्तानतण कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ सरकारले आयुर्वेदलाई प्राथामिकतामा राखेर काम गरेको बताए । उनले अहिले प्रदेश ५मा कोरोनाका बिरामीलाई पनि यो आयुर्वेद औषधी ब्यायम योग लगायका माध्यमबाट उनीहरुको उपचार गरिरहेको बताए ।मन्त्री बरालले आइसोलेसन तथा कोरिन्टाइनमा रहेर्का आयुर्वेदिक चिकित्सक तथा स्वास्थ्य कर्मिलाइ पहिचान हुने ज्याकेट…

असार १ गतेदेखी मुटुअस्पतालमा डायलाईसिस सेवा बन्द

स्वास्थ्यसमाचार/ सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा बन्द गर्ने भएको छ । विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटु, क्यान्सर लगायतका विरामीलाई उपचारमा सहुलियत दिने सरकारको घोषणा अनुरुप मुटु अस्पतालले विगत ४ वर्षदेखि निशुल्क डायलाईसिस सेवा उपलब्ध गराउंदै आएको थियो ।विपन्न वर्गका विरामीलाई डायलाईसिस सेवा उपलब्ध गराए वापत अस्पतालले प्राप्त गर्नुपर्ने पौने आठ करोड रकम भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको ११ महिनाको पौने ८ करोड रकम…

क्वारेन्टिनको इतिहास: कोरोना महामारिमा आवश्यक्ता र अवस्था

वर्तमान पुस्ताले शताब्दीकै एक ठुलो महामारी कोभिड १९ भागिरहेके छ। आजभोलि आम सर्वसाधरणहरुको मुखमा क्वारेन्टिन, आइसोलेसन, फिजिकल डिस्टान्सि जस्ता जनस्वास्थ्यका  शब्दहरु झुण्डिएका छन। क्वारेन्टिन शब्दको प्रयोग र अभ्यास १४औ शताब्दीमा प्लेगको महामारीबाट शुरु भएको देखिन्छ । प्लेगको संक्रमित ठाउँबाट भेनिसमा आउने जहाजहरु ४० दिन छुट्टै राख्ने व्यवश्था थियो। क्वारेन्टिन शब्द इटालियन क्वारान्टाबाट आएको हो, जस्को अर्थ ४० दिन हुन्छ । साधारणतया क्वारेन्टिन भनेको सरुवा रोगको महामारि भएको देश,क्षेत्र,ठाउँ र ब्यतिको सम्पर्कमा आएको मानिस तर रोग लागेको छ वा छैनभन्ने कुनै मेडिकल प्रमाण नभएको अवश्थामा निश्चित अवधि सम्म समुदायको जनसम्पर्कमा आउनबाट…

डाक्टर माथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकद्धारा प्रर्दशन

स्वास्थ्यसमाचार/नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै बुटबलमा चिकित्सकहरुले प्रर्दशन गरेका छन । घटना भएको ६ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।बुटबलमा लुम्बिनी प्रादेशिक अस्पताल,आम्दा अस्पताल, तथा बुटबलका अन्य सरकारी निजी अस्पतालहरुका चिकित्सकले चिकित्सकले अस्पताल परिसरमै प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरुले जेल विथ आउनट बेलको माग समेत गरेका छन्। यस क्षेत्रका करिब ६० जना चिकित्सकहरुको सहभागीतामा भएको प्रर्दशनमा बोल्दै लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा राजेन्द्र खनालले चिकित्सकमाथि भएको दुर्रब्यवाहर प्रति कडा आलोचना गर्दे घटनाको छानबिन गरि यथासिघ्र…

प्रदेश ५ सरकारले २ वटा शव बाहन एम्बुलेन्स खरिद गर्ने

स्वास्थ्यसमाचार/प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव बोक्न शव बाहन एम्बुलेन्स खरिद गर्ने भएको छ । प्रदेशका २ जिल्ला रुपन्देही र वाँकेमा कोरोना संक्रमिति भई मृत्यु भएकाको दाह संस्कारमा समस्या परेपछि शव वाहन खरिद गर्ने निर्णय गरेको हो । बैठकले बांके स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल र दाङको तुलसीपुर स्थित राष्ट्रिय आयुर्बेदीक केन्द्रमा संचालित कोरोना अस्पतालमा प्रयोग हुने गरि शव बाहन खरिद गर्ने निर्णय गरेको हो । प्रदेशका प्रवक्ता भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले शव बाहन खरिदका लागि १५, १५ लाख छुट्याईएको वताए अस्पतालका लागि शव…

क्रिमसन अस्पताल जेठ २१ गते देखी पुन संञ्चालन हुने

स्वास्थ्यसमाचार/ कोरोना उपचारमा एकजनाको मृत्यु भएपछि शिल भएको तिलोत्तमा ५मा रहेको क्रिमसन अस्पतालमा भोली जेठ २१ गते देखी अस्पतालका सम्पूर्ण सेवाहरु संञ्चालन हुने भएका छन । अस्पतालले आज एक सुचना प्रकाशित गरि जेठ ५ गते देखी बन्द भएको अस्पताल भोलीदेखी सुचारु हुने अस्पताल निर्देशक डा.शेखर प्रसाद पोख्रेलले बताए । यस अवधिमा बिरामी लगायत आम जनसमुदायमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै विषम परिस्थितिमा पनि धैर्यताका साथ सेवा दिनुहुने चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरु प्रति धन्यवाद दिँदै हामीलाई सहयोग गर्नुहुने सरकारी निकायहरु, संघसंस्था लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं अस्पतालका निर्देशक डा…

प्रदेश ५मा कोरोना संक्रमित ६ सय ४२ ,निको ७५ मृत्यु ३

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना संक्रमितकोे संख्या ६ सय ४२ पुगेको छ । यसमध्ये ४ सय ९५ जना उपचारमा रहेका छन भने ७५ जना निको भएर घर फर्किसकेका छन । बाँके, गुल्मी र अर्घाखाँचीमा १र१ जनागरी ३ जनाको मृत्यु भएको छ । प्रदेश ५ का सात जिल्लामा ६९ जना नयाँ संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । थप भएका सात जिल्लाहरुमा बाँके ७, कपिलबस्तु ४७, गुल्मी १, रुपन्देही २, पाल्पा २, नवलपरासी १, दाङ्गमा ९ जना रहेका छन् । अहिलेसम्म धागो कारखानामा ४६ जना भर्ना भएकोमा ३१ जनाको उपचार…

आबश्यकता अनुसार COVID-19 व्यवस्थापनको Modalityमा परिवर्तन गर्नुपर्छ

भुपराज ढकाल -COVID-19 को बिश्वब्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन I चिनको बुहान सहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिका जस्ता सक्ति केन्द्रित राष्ट्रहरुलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रहरुमा संक्रमणको केन्द्र को रुपमा विकास हुदै गएको छ Iबिश्व भर करिब ६३ लाख संक्रमण र करिब करिब४ लाख को मृत्यु भएको अवस्था छ I COVID-19 शुरुवात भएको रास्ट्र चिन र हाल COVID-19 केन्द्रको रुपमा स्थापित हुदै गएको भारत संग सिमाना जोडिएको नेपाल उच्च जोखिममा रहेको छ I नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहेजस्तै COVID-19 नेपालमा फैलिनमा भारत प्रमुख…

भिम अस्पताल बाट २५ जना कोरोना जितेर घर फर्किए

स्वास्थ्यसमाचार भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर घर फर्किएका छन । रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले वताए । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरे । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी…

पाल्पामा पहिलो पटक ३जनामा कोरोना संक्रमण पुष्टी

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ पुष्टी भएको हो । पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब…