क्वारेन्टिनको इतिहास: कोरोना महामारिमा आवश्यक्ता र अवस्था

वर्तमान पुस्ताले शताब्दीकै एक ठुलो महामारी कोभिड १९ भागिरहेके छ। आजभोलि आम सर्वसाधरणहरुको मुखमा क्वारेन्टिन, आइसोलेसन, फिजिकल डिस्टान्सि जस्ता जनस्वास्थ्यका  शब्दहरु झुण्डिएका छन।

क्वारेन्टिन शब्दको प्रयोग र अभ्यास १४औ शताब्दीमा प्लेगको महामारीबाट शुरु भएको देखिन्छ । प्लेगको संक्रमित ठाउँबाट भेनिसमा आउने जहाजहरु ४० दिन छुट्टै राख्ने व्यवश्था थियो। क्वारेन्टिन शब्द इटालियन क्वारान्टाबाट आएको हो, जस्को अर्थ ४० दिन हुन्छ ।

साधारणतया क्वारेन्टिन भनेको सरुवा रोगको महामारि भएको देश,क्षेत्र,ठाउँ र ब्यतिको सम्पर्कमा आएको मानिस तर रोग लागेको छ वा छैनभन्ने कुनै मेडिकल प्रमाण नभएको अवश्थामा निश्चित अवधि सम्म समुदायको जनसम्पर्कमा आउनबाट बञ्चित गर्नु हो ।

अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने क्वारेन्टिनको अभ्यासको लागी १८औं शताब्दीबाट नै कानुनि ब्यवश्था समेत रहेको पाईन्छ । हाल बिश्वका धेरै मुलुकहरुमा नियमित स्वास्थ्य सेवा प्रणाली भित्रै बिभिन्न संख्यामा एअरपोर्ट, रेल्वे स्टेसन तथा पानी जहाज द्वारा धेरै मानीसहरु आवात जावत गर्ने स्थानहरुमा  क्वारेन्टिन रहेका छन् र त्यसको प्रयोग समय समयमा भईरहेको पाईन्छ ।

नेपालमा भने  संक्रामक रोग ऐन २०२०मा“नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मुल गर्न वा रोकथाम गर्न आवश्यक कारवाई गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यतिहरुको समुह उपर लागू हुने गरि आवश्यक आदेश जारि गर्न सक्ने छ” भनि गरिएको व्यवश्था अनुसार हाल नेपाल सरकारले लक डाउन तथा क्वारेन्टिन अभ्यास गरिरहेको छ।

बिश्वको इतिहासमा क्वारेन्टिनको प्रयोगसबै भन्दाबढि पान्डेमिक प्लेग, यल्लो फिवर,कोलेरा, फ्लु,स्क्रव टाईफ, सार्स,मर्स र स्वाइन फ्लु माहामारीमा भएको देखिन्छ भने जनवरी २०२० यता कोरोना पान्डेमिक COVID-19 नियन्त्रणके लागि बिश्वब्यापिकरण गरिएको छ ।

संसार भरि भईरहेको COVID-19पान्डेमिक महामारिको चपेटामा नेपाल पनि पिल्सिरहेको अवस्था छ। यस अवस्थाको निवारण कहिले र कसरि अन्त्य हुने हो अहिले नै आंकलन गर्न सकिने परिश्थिति छैन। संसारका जनस्वास्थ्य विज्ञहरु र अनुसन्धानकर्ताहरु आ-आफ्नो तवरले लागी रहेकै छन् तर ठोस समाधान आउन सकेको छैन।

अहिलेको अवश्थामा प्रत्यक ब्यतिले आफू सजक भई आफू, आफ्नो परिवार र समाजलाई यो भाईरस फैलनबाट जोगाउने एक मात्र उपाए संभावित संक्रमितको सम्पर्कमा पुगेका वा अन्य मुलुकबाट नेपाल भित्रिएका मानिसहरुलाई क्वारेन्टिनमा राखि प्रयोगशाला परिक्षण मार्फत संक्रमण भए नभएको एकिन गर्नु हो।

नेपालको संबिधान २०७२ अनुसार  संघ, प्रदेश र स्थानिय गरि तिन तहको सरकार रहेको अवस्थामा स्थानिय तहलाई क्वारेन्टिनको ब्यवस्थापन गर्ने मुख्य जिम्मेवारि परेको छ। यस्तो खालको विनासकारी विपतिको सामना गर्नु पर्ला भन्ने आंकलनमा समेत नरहेको स्थानिय तहले क्वारेन्टिन को ब्यवस्थापन गर्नुले गरिबिमा आटा गिला जतिकै पिडा दिलाएको छ।

क्वारेन्टिनको सहि ब्यवस्थापनको लागि चाहिने मापदण्ड अनुसार आधारभूत भौतिक पूर्वाधार तथा अन्य तयारि गर्न नसक्नुमा प्रशासनिक तथा राजनैतिक निर्णयको वर्चस्व रहने र जनस्वास्थ्य विज्ञको सुझाव नमान्ने वा स्थानिय तहमा विज्ञहरुको अभाव मुख्य कारण देखिएका छन। क्वारेन्टिनको मुख्य उदेश्य होस्ट, एजेन्ट र वातावरण विचको सम्बन्धलाई बिच्छेद गराएर रोग सर्न सक्ने प्रकृयालाई रोक्नु हो।

अब्यवस्थित र मापदण्ड नपुगेका बस्तीको नजिक ठुलो संख्यामा क्वारेन्टिनको स्थापना गरि मानिसहरु राख्दा कोरोनाको संक्रमण नियन्त्रण नभई फैलिने सम्भावना हुन्छ र क्वारेन्टिनमा गरिने ठूलो लगानि बालुवामा पानि झै परिणाम बिमुख हुने र क्वारेन्टिन स्यंम संक्रमणको स्रोत बन्न सक्छ। हालै नेपालको सन्दर्भमा यसको अनुसन्धनात्मक तथ्य प्रमाण उपलब्ध नभए पनि अन्तराष्ट्रिय मापदण्डको बैज्ञानिक आधारलाई अध्ययन गर्दा क्वारेन्टिन होम ब्यवस्थापनको लागि  मार्गनिर्देशिका पालना गर्नुको अर्को बिकल्प देखिदैन।

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय सिंहदरवार, काठमाण्डौ द्वारा जारी गरिएकोकोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेटाइन संचालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले समेत कोरोना भाईरसको संक्रमणबाट लाग्न सक्नेरोगबाट नागरिकहरुलाई सुरक्षित राख्न शङ्कास्पद व्यतिलाई कम्तिमा १४ देखि १७ दिन सम्म क्वारेन्टिनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी त्यस्ता व्यक्ति र समाजदवैलाइ सुरक्षित राख्नबनेको मापदण्डले प्रस्ट रुपमा निर्देशित गरेको छ।

क्वारेन्टिन मापदण्ड भित्र नभई नहुने आधारभूत पूर्वाधार निम्न बमोजिमको हनु पर्ने छ

  • सम्भव भएसम्म घनाबस्तीबाट छुटै (टाढा) रहेको,
  • संचार, स्वास्थ्य, सडक, पानी, बिजलिको पूर्ण व्यस्वथा भएको,
  • सम्भव भए सम्म सय जनाभन्दा बढिव्यतिलाई राख्न सक्ने क्षमता भएको
  • तयारी भौतिक पूर्वाधारलाई प्राथमिकता दिने,
  • सरकार, संथान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहोस्टेल, होटेल, तालिम केन्द्र, शैक्षिक संस्था, सरकारि संरचना क्वारेटाइनका रुपमा प्रयोग गर्न सकिने,
  • उल्लेखित बमोजिमको संरचना उपलब्ध नभएमा खुल्ला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधारतयार गरिक्वारेटाइनका रुपमा प्रयोग गर्न सकिने,
  • गर्भवती महिला, दश वर्षसम्मका बालबालिका, जेष्ठ नागरिक र अपांङगता भएका ब्यतिका लागिप्राथमिकता दिइ अलगै क्वारेटाइनको व्यवस्था गर्ने,
  • क्वारेन्टिनमा खटिने स्वास्थ्य कर्मि र सफाई टिमको लागी छुटै भवन वा ब्लकको ब्यवस्था हुनु पर्ने
  • बिधुत, पानि , टेलिफोन आदिको ब्यवश्था हुनु पर्ने ।
  • एम्बुलेन्सके उपलब्धता सुनिश्चित हुनुपनृ।

तर हाल निर्माण भई संचालनमा रहेका क्वारेन्टिनहरु प्राय जसो सरकारि स्कुलहरुमा भएको र उक्त स्थानमा मापदण्ड अनुसार शौचालय, स्नान गृह, भान्सा कोठा, फोहोरमैला बिर्सजनको लागि उचित र छुटै स्थान, सामजिक दुरि कायम गर्ने गरि मनोसामाजिक र शारिरिक रुपमा तन्दुरुस्त राख्न गरिने कृयाकलाप आदि को लागि न जनशक्तिको व्यवश्था गरिएको छ नयो कुराको सुजबुज गरेर क्वारेन्टिको व्यवश्थापन भएको देखिन्छ  ।

आज २०७७ जेष्ठ १७ गते सम्म ९९३३६ जना क्वारेन्टिनमा रहेका छन जुन लगभग सबै जसो स्थानिय तहको मातहतमा छन। यो संख्या प्रत्येक दिन ठूलो मात्रामा बढ्ने क्रम जारि छ र पछिल्ला दिनमा नेपाल भित्रिने नेपालीहरु भारतबाट आउने गरेको र कोरोना संक्रमणको उच्च जोखिम रहेको हुनाले क्वारेन्टिनको सहि र मापदण्ड अनुसार व्यवस्थापनमा ध्यान नदिने हे भने स्थितिले कल्पना गर्न नसकेको भयावह रुप लिन सक्छ ।

हरेक संस्थाको सहि ब्यवस्थापन र परिणाम मुखि बनाउन नेतृत्वको सामर्थ्यले महत्वपूर्ण स्थान ओगटेको हुन्छ।भएका जनशक्ति प्रयोग र समय मै गतिलो योजना बनाउन नसक्ता आर्थिक भार बढ्नुको साथै लक्ष्य प्राप्तिमा गुणस्तर आउदैन् यो ब्यवस्थापनको शिदान्त नै हो। यहि कुरा क्वारेन्टिन ब्यवस्थापनमा पनि लागु भएको देखिन्छ।

ठूलो धन राशी लगानी भयो राज्य कै ढुकुटी रित्याईएकै  छ तर यर्थातमा जस्को लागी घर बनाईयो उसको पुच्छर बाहिर भने झैं क्वारेन्टिन गृह नै संक्रमणको स्रोत हुने डर भएको छ।

कम्तिमा कार्यान्वयन गर्ने निकायले  माथिल्लो तहबाट बिज्ञहरुले सुझाएको निर्देशिकालाई एक पटक मात्र अध्ययन र छलफल गरि अगाडि बढिदिने हो भने केहि हदसम्म जोखिम न्युनिकरणमा सहयोग पुग्थ्यो की ?

सस्मिता खत्री जनस्वास्थ्य विज्ञ हुन ।

सम्बन्धित शिर्षक :