रुपन्देहीको मायादेबि गाउपालिकामा एम्बुलेन्स सेवा सुरु

स्वास्थ्यसमाचार रुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । उपचारका लागी अस्पताल सम्म विरामीहरुलाई छिटो र सहज रुपमा पुर्योउन समस्या भएकाले गाँउबासीहरुले एम्बुलेन्सको माग गरेका थिए । जनताको मागलाई पुरा गर्न एम्बुलेन्स खरिद गरेको गाँउपालिकाले जनाएको छ ।गाँउपालिका अध्यक्ष धु्रवनारायण चौधरीले कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रदिप कुमार पण्डित,स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा एम्बुलेन्स सञ्चालन समितिका सदस्य मोहम्मद रफिक खानलाई संयुक्त रुपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा

स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञेप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको छ । झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने…