आबश्यकता अनुसार COVID-19 व्यवस्थापनको Modalityमा परिवर्तन गर्नुपर्छ

भुपराज ढकाल

-COVID-19 को बिश्वब्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन I चिनको बुहान सहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिका जस्ता सक्ति केन्द्रित राष्ट्रहरुलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रहरुमा संक्रमणको केन्द्र को रुपमा विकास हुदै गएको छ Iबिश्व भर करिब ६३ लाख संक्रमण र करिब करिब४ लाख को मृत्यु भएको अवस्था छ I

COVID-19 शुरुवात भएको रास्ट्र चिन र हाल COVID-19 केन्द्रको रुपमा स्थापित हुदै गएको भारत संग सिमाना जोडिएको नेपाल उच्च जोखिममा रहेको छ I नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहेजस्तै COVID-19 नेपालमा फैलिनमा भारत प्रमुख श्रोत बन्ने निश्चित छ I हाल आएर न्युनतम संख्यामा भएको परिक्षणमा समेत देखिएको संक्रमित को संख्या हेर्दा समाजमा लुकेर बसेको Asymptomaticand UnidentifiedCase ठुलो संख्यामा रहेको अनुमान लगाउन सकिन्छ I

अनुमानित संक्रमित हरुको आकलन गर्दा हाल देशमा रहेको स्वास्थ्य प्राबिधिक जनशक्ति, अस्पताल सैया, औषधी उपकरण र Intensive CareUnit (ICU) अभावमा बिरामी सम्हाल्न नसकिने अवस्था आउने निश्चित छ I हालको Emergency अवस्थामा अति आवश्यक सामग्री व्यवस्थापन तथा SupplyChainManagement को सन्दर्भमा अत्यन्त संबेदनसिल भई समुदाय स्तर सम्मका स्वास्थ्य संस्था हरुलाई यथासिघ्र । उपलब्धता सुनिस्चित् गर्दै समुदाय स्तरका स्वास्थ्य संस्था हरुबाट पनि एसको व्यवस्थापन गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्दै जानु पर्छ I

संक्रमण देशको धेरैजसो जिल्ला, समुदाय र भौगोलिक छेत्रमा पुगिसकेको छ र अब LockDownनै समाधानको उपाए हैन समुदाय नै सचेत हुनु पर्छ भन्ने बुझ्न जरुरि छ ICOVID-19 का कारण देशमा LockDownदुई महिना भन्दा बढी भैसकेको र येही modality को LockDown थप गर्दै गएको खण्डमा अर्को तर्फ बालबालिकामा कुपोषण, ज्यालादारी मजदुरमा भोकमरी र उद्योगी ब्यबसायीहरु तहसनहस हुने अवस्था आउने देखिन्छ I

त्यसैले बैदेशिक तथा लामो दुरीको आवागमन कडाई गरेतापनि विभिन्न प्रदेश, प्रदेश अन्तरगतका जिल्ला र पालिकाहरुमा संक्रमण को अवस्था अनुशार फरक फरक modality को LockDownStrategyतयार गरी उचित सावधानी सहित नियमित स्वास्थ्य सेवाहरु,उद्योगधन्दा तथा व्यवसाय संचालनलाई खुकुलो बनाउदैर जनजीबन सहज बनाउदै जानु जरुरी छ।

HomeQuarantine को विकल्प छैन

भारतमा यातायातको साधन शुरु भए संगै भारतबाट नेपाल कम्तिमा १० लाख  भन्दा बढी नेपाली कामदार हरु फर्कदै गरेका समाचार दैनिक जसो पढ्न र सुन्न पयीन्छ I साथै खाडी मुलुकमा मातृभूमि फर्कने आशामा दिन गनेर बसेका हरुको जमात पनि ठुलै छ I विदेशबाट आउनेहरुको व्यवस्थापनको पाटो देशका लागी ठुलो चुनौतीको रुपमा रहेको छ I

विदेशबाट आउनेहरुको संख्या हेर्दा Quarantine को उचित व्यवस्थापन स्थानीय स्तरमा गर्न सक्ने अवस्था छैन I QuarantineCenter मा सामाजिक दुरी, उचित सरसफाई र Transmission रोक्न सकेनौ भने QuarantineCenter हरुनै रोग सार्ने स्रोतको रुपमा बिकाश हुने सम्भावना देखिन्छ I

संक्रमणका हिसाबले सम्भावित ब्यक्तिहरुलाई निश्चित समय अवधी सम्म उचित सावधानी सहित आफ्नै घरमा सुरक्षित तरिकाले निगरानीमा राख्नुनैHomeQuarantineहो I हालको अवस्थामा घरका सदश्य हरुलाई र Quarantine मा बस्ने व्यक्तिलाई राम्रो स्वास्थ्य शिक्षा प्रदान गरी घर र समाजले निगरानी गर्ने गरी HomeQuarantine को अवाधराना सहित COVID-19 को व्यवस्थापन गर्नुको विकल्प छैन I

अन्यथा अव्यवस्थित QuarantineCenter भित्र एकअर्कामा र QuarantineCenterबाट समाजमा COVID-19 फैलने निश्चित छ Iसमाजमा COVID-19 को डर भन्दा पनि संयमित भएर एससंग लड्न आत्मबल बढाउनुपर्ने र दिर्घ रोगि तथा जेस्ठ नागरिकहरुलाई संक्रमण बाट जोगाउन सचेत गराउन जरुरी छ Iअब COVID-19 को संक्रमणले उपचारमा राख्नुपर्ने बिरामी बाहेक अरुलाई घरमानै Quarantine तथा Isolation मा राख्दै सके सम्म धेरै Tracing,Testing र Treating को अवधारणा बाट अगाडी जानु पर्छ I

COVID-19 अब तत्काल समाधान हुने समस्या रहेन भन्ने कुरा स्विकार्नु जरुरि छ I तेसैले अरु संक्रामक रोगहरु जस्तै COVID-19 संग जुध्दै समाजलाई अगाढी बढाउनु पर्छICOVID-19 सानो प्रयाशले परास्त गर्न सम्भब छैन तेसैले राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था तथा समुदाय एकजुट भई लाग्नुको विकल्प छैन I

भुपराज ढकाल जनस्वास्थ्य बिज्ञ हुन।

सम्बन्धित शिर्षक :