क्रिमसन अस्पताल जेठ २१ गते देखी पुन संञ्चालन हुने

स्वास्थ्यसमाचार/ कोरोना उपचारमा एकजनाको मृत्यु भएपछि शिल भएको तिलोत्तमा ५मा रहेको क्रिमसन अस्पतालमा भोली जेठ २१ गते देखी अस्पतालका सम्पूर्ण सेवाहरु संञ्चालन हुने भएका छन ।

अस्पतालले आज एक सुचना प्रकाशित गरि जेठ ५ गते देखी बन्द भएको अस्पताल भोलीदेखी सुचारु हुने अस्पताल निर्देशक डा.शेखर प्रसाद पोख्रेलले बताए ।

यस अवधिमा बिरामी लगायत आम जनसमुदायमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै विषम परिस्थितिमा पनि धैर्यताका साथ सेवा दिनुहुने चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरु प्रति धन्यवाद दिँदै हामीलाई सहयोग गर्नुहुने सरकारी निकायहरु, संघसंस्था लगायत सबै प्रति हार्दिक आभार प्रकट गर्दछौं अस्पतालका निर्देशक डा डा.शेखर प्रसाद पोख्रेलले द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

डा पोखरेलले आगामी दिनमा पनि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा सहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सहित अस्पताल सुचारु हुन लागेको वताए ।

अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पताल बिगत १४ दिन देखी बन्द भएको र भोलीबाट अस्पतालले दिने सेवा सबै सुचारु हुने बताए । गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएपछि अस्पताल शिलगरिएको थियो ।

सम्बन्धित शिर्षक :