स्वास्थ्यसमाचार/ पछिल्ला दिनमा वायु प्रदूषण बढ्दै गएपछि सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले बताए। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताए। बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्याल…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
चिनबाट नेपाल आइपुग्यो कोरोना विरुद्धको ८ लाख डोज खोप
स्वास्थ्यसमाचार/ चीन सरकारले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुगेको छ। नेपाल एयर लाइन्सको विमानबाट बिहान आइपुगेको खोप नेपाललाई हस्तान्तरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी हुन् ।चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो। खोप प्राप्त गरेपछि स्वास्थ्यमन्त्री त्रिपाठीले कोभिडविरुद्धको लडाइँमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिए। चिनियाँ राजदूत यान्छीले यो खोप ८०…
धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल
डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…
आँखा राम्रो भएपो रङ्ग रमाईलो उमङ्ग आँखा नै नभए संसार अन्धकार
सरस्वती भण्डारी प्राय रङ्गहरुमा बिभिन्न रासायनिक विषाक्त पदार्थहरु मिश्रण गरिएको हुन्छ जसले छाला र आँखालाई नोक्सान गर्नुको साथै अन्य संवेदनशिल अंगमा असर पुर्याउँछन् । बर्सेनि होलीमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको घटनाहरु सुनिन्छन । रङ्गहरुको मात्र कुरा नभएर लोलामा बिभिन्न किसिमका ढलको पानी, डढेको मोबिल, ग्रिज जस्ता हानीकारक पदार्थको प्रयोग हुने गर्दछ, यो झनै जोखिमपूर्ण हो । रासायनिक रंग लगायतको उपयोग स्वास्थ्यका लागि सकारात्क मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, मर्करी जस्ता विभिन्न रसायन लगायत हानिकारक तत्त्व मिसिएको हुन्छ जसले गर्दा आँखा…
ईन्द्रेणीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलमा महिलाका लागि प्रजनन् स्वास्थ्य सम्वन्धि एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ । बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ आं स्थापना दिवसको अवसर पारेर महिलाका लागि प्रजन्न स्वास्थ्य सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । तालिममा लुम्विनी प्रादेशिक अस्पतला बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्रीले सहजिकरण गरेकि थिईन। ईन्द्रेणीका महिला शेयर सदस्यहरुलाई केन्द्रीत गरेर दिईएको तालिममा महिलाको प्रजन्न स्वास्थ्य अन्तरगत पाठेघरको तथा स्तनको क्यान्सर, आंग खस्ने समस्या, युटिआई लगायतका समस्या र यसको रोकथामका बारेमा डाक्टर क्षेत्रीले सहजिकरण गरेकि…
नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
स्वास्थ्यसमाचार/ मस्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । अघि बेलुका ८ . २४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा लगि उपचार गरिएको थियो । नर्भिक अस्पतालको विज्ञप्ती कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज शुक्रबार निधन भएको छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजशुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो । मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको…
वेलहियानाकामा हेल्थ डेस्क राखेकै दिन भेटीए कोरोना पोजिटिभ
स्वास्थ्यसमाचार/ नेपाल भारत सीमामा हेल्थ डेस्क राखी एन्टीजेन परिक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउदै गरेका एक जना कामदारलाई कोरोना पोजेटीभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको उद्योगमा काम गर्न आई रहेका भारत राजस्थान बस्ने एक जना पुरुषलाई पोजिटिभ देखिएको वताए । स्वाबको माध्यमबाट परिक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको डा गिरीले बताए । आधा घण्टामै नतिजा आउने यो परिक्षणबाट पोजिटभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आईसोलेसनमा राख्ने गरि जिम्मा दिईने उनले बताए ।आज…
नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र बर्दियामा स्थापना
स्वास्थ्यसमाचार /बर्दियाको बारबर्दिया नगरपालिकाले मुलुकमै पहिलो पटक सिकलसेल उपचार केन्द्रको स्थापना गरेको छ । अहिले केन्द्रको भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए । उनले भने, “टिडीआर कन्स्ट्रक्सन प्राली धनगढीले यो अस्पताल बनाउन सम्झौता गरी लागेको हो । सत्र कोठे अस्पतालको भवन निर्माण भएपछि बारबर्दिया नगरपालिकाका सिकलसेल रोगका बिरामी अन्तै उपचार गर्न जान पर्दैन । ” सम्झौताअनुसार समयमै केन्द्रको भवन निर्माण कार्य भइरहेको कन्स्ट्रक्सनका इञ्जिनीयर दीपेन्द्र…
महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे
महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे . १. लकडाउनबारे – लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ | यो सहि हैन | सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन | संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ | पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन | हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन | २. खोपबारे – यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ | त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ | भारतले अप्रिलमा १० लाख डोज ( नेपालले…
कोरोना बिरुद्धको मौजाद खोप स्वास्थ्यकर्मिलाई मात्र पुग्ने
स्वास्थ्यसमाचार /कोरोना संक्रमण बढन थालेपछि भारतले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप निर्यात रोक्ने भएको छ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिशिल्ड खोप अन्य देशलाई नदिने निर्णय गरेको भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धत गर्दै बीबीसीले जनाएको छ । भारतको यो निर्णयले कोभ्याक्सको योजना अनुसार खोप वितरणमा असर पुग्नेछ । करिव १९० वटा देशमा कोभिशिल्ड नपुग्ने देखिएको छ ।अहिलेसम्म भारतले ७६ देशमा ६ करोड मात्रा खोप दिइसकेको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । सिरम इन्स्ट्च्यिूटसँग खोप किन्न ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १०…

