नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

स्वास्थ्यसमाचार/ मस्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराईरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । अघि बेलुका ८ . २४ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत १४ फागुनमा मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा लगि उपचार गरिएको थियो ।

नर्भिक अस्पतालको विज्ञप्ती

कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको आज शुक्रबार निधन भएको छ ।फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहनुभएका नेता जोशीको आजशुक्रबार साँझ ८ः२४ बजे निधन भएको हो ।

मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो । शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाले बताउनुभएको छ ।

नेता जोशीको निधनप्रति नर्भिक अस्पताल दुःख प्रकट गर्दछ । शोकाकूल परिवारमा समवेदनाका साथमा दिवंगत आत्माको चिरशान्तिको समेत कामना गर्दछौं ।

 

सम्बन्धित शिर्षक :