स्वास्थ्यसमाचार/ क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ। नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्कनगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए। उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
देवदहको खैरेनीमा १५ शैयाको सुबिधासम्पन्न अस्पताल बन्ने
स्वास्थ्यसमाचार /रुपन्देहीको देवदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ । स्थानिय स्तरमै जनतालाई सर्वशुलभ ढंगले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले देवदह नगरपालीका वडा नम्बर ५ खैरेनीमा उक्त अस्पताल बन्ने भएको हो । करिब ९ करोड रुपैयााको लागतमा निर्माण हुने सो अस्पताल निर्माणका लागि डिपिआर तयार भैसकेको र नगरपालीकाबाट निर्णय स्विकृत भैसकेको देवदह नगरपालिकाले जनाएको छ ।यसबर्ष नै उक्त अस्पतालको निर्माण कार्य शुरु गर्ने लक्षका साथ काम अघि बढाइएको र चालु आर्थिक बर्षमा ३ करोड बजेट बिनियोजन गरिएको नगरप्रमुख हिराबहादुर केसीले बताए । नगर प्रमुख केसीका अनुसार हाल…
पाल्पा, बर्दिया,रामपुर अस्पताल बिकास समितिका अध्यक्ष नियुक्त
स्वास्थ्यसमाचार/ प्रदेश नंं ५ सरकारको शुक्रबार बसेको बैठकले ३ वटा निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले बिभिन्न जिल्ला अस्पतालका बिकास समिती अध्यक्ष नियुक्ती गरेको छ। नियुक्तीहुनेमा बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठ, पाल्पा अस्पतालको अध्यक्षमा नेत्र प्रसाद पाण्डेय, रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मा रहेका छन। त्यस्तै अन्य अस्पताल पृथ्वी चन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई महिला सदस्यमा नियुक्ती गरिएको उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले जानकारी गराए । त्यस्तै विज्ञापन तथा तत सम्बन्धी व्यवसाय नियमन…
नसर्ने रोगको प्रकोप बढदै :प्रदेश ५मा ९१ हजार भन्दा बढीमा मुटुरोग सम्बन्धी समस्या
मदन शर्मा स्वास्थ्यसमाचार /नसर्ने रोग यतिबेला विश्वकै एउटा मुख्य चासोकोे विषय बनेको छ । पछिल्ला केही वर्ष यता विश्वभर नै नसर्ने रोग तथा यससँग सम्बन्धीत समस्याहरु बढेको पाईएको छ । र अहिलेको अवश्स्थामा यो विषय विश्वव्यापी रूपमै चिकित्सा विज्ञानका निम्ति चुनौतीको विषय बनिरहेकोे छ । एक व्यक्ति बाट अर्को व्यक्तिमा नसर्ने दिर्घ रोग, सुक्ष्म जीबाणु माध्यमबाट नहुने रोग लाई साधारणतया नसर्ने रोग अथवा नन् कम्युनीकमेवल डिजीजेज भनिन्छ । यी रोग जीवनशैलीसँग सम्बन्धित हुने भएकाले यिनलाई लाइफ स्टाइल डिजिज समेत भन्ने गरिन्छ । यसमा मुख्य गरेर मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह,…
प्यारासिटामोल :- उचित प्रयोग गरौँ !
– दर्पण घिमिरे “केडिबी चिकित्साशास्त्र अध्ययनरत हाल बढ्दै गरेको चिसो मौसममा रुघा-खोकी, ज्वरो जस्ता रोगहरु देखिनु सामान्य कुरा भइसकेको छ । आजकल, रुघाखोकी, ज्वरोको उपचार घरमै बसिबसी गर्न सिकिसकेका छौँ । तातो झोलिलो पदार्थ पिउने, न्यानो लुगा लगाउने लगायत तरिका प्रयोग गर्दा रुघाखोकी वा ज्वरोबाट वचन सकिनुका साथै निदान समेत गर्न सकिन्छ । तर, हिजोआज, बढ्दो बैज्ञानिक युगसङ्गै प्राथमिक घरेलु उपचार त्यागेर, झट्टै केमिकल औषधीहरुको प्रयोग गर्न थालिएको पाइन्छ । बन्द आखाले पुर्ण विश्वासका साथ प्रयोग गरिने औषधीहरु मध्ये “प्यारासिटामोल”(Paracetamol) पनि एक हो । प्यारासिटामोल / एसिटामिनोफेन (आमभाषामा “सिटामोल”), दुखाई…
नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी
स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाँउपालिकाको स्वास्थ्य शाखाले वालवालिकाको स्वास्थ्य परिक्षण गरेर मात्र खोप लगाउने परिपार्टीको शुरुवात गर्ने निर्णय गरेको छ । स्वास्थ्य शाखाले गाउपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत १५ जना स्वास्थ्यकर्मीलाई खोप लगाउनु पूर्व वालवालिकाको स्वास्थ्य परिक्षण अनिवार्य गर्ने गरि प्रशिक्षण प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले बताए । विशेष गरि नेपाल सरकारले १५ महिना मुनीका वालवालिकालाई निशुल्क रुपमा विभिन्न ११ प्रकारका रोग विरुद्धको खोप लगाउने गर्दछ । \नेपाल सरकारले १५ महिना मुनिका वालवालिकालाई क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टकार, हेपाटाईटिस बी, होम फिलोस ईन्फून्जा टाईव बी, पोलियो, दादुरा, रुवेला, जापानिज…
प्रदेश पाँच सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा नेपालकै अग्रस्थान
स्वास्थ्यसमाचार/सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ । राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले…
तौलिहवा अस्पतालमा एनआई सियु सेवा छिट्टै :मन्त्री बराल
स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले तौलिहवा अस्पतालमा एन आई सियु सेवा बिस्तार गर्ने बताएका छन । अस्पतालमा सुत्केरी हुन आउनेको संख्या धेरै देखिएकोले अस्पतालमा एनआईसियु आबश्यकता रहेकोले बताए। अस्पताल अनुगमन गर्न तौलिहवा पुगेका मन्त्री बरालले एन आई सियु सेवा छिटै यो सेवा सुरु हुने बताएका छन । अस्पतालको विकासका लागि प्रदेश सरकार विशेष सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तौलीहबा अस्पतालको बारेमा रत्नाकर शुक्लाले अबस्था कर्मचारी दरबन्दी भौतिक अबस्थाको बारे मन्त्री बरालललाई जानकारी गराएका थिए । मन्त्री बरालको साथमा प्रदेश सभा सदस्यहरु धर्म बहादुर लाल श्रीवास्तव,…
टन्सिलको समस्या र घरेलु उपचार विधी
स्वास्थ्य समाचार । आउनुहोस आज हामी टन्सिलको समस्या र यसको रोकथामको घरेलु उपचार बिधि जानकारी गराउदैछौ । घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा रहने ग्रन्थीबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ । यसको समस्याले बालबालिकामा शारीरिक र मानसिक समस्या देखा पर्न सक्छ भने वयस्क उमेरका मानिसलाई रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने हुनसक्छ । खानपानमा ख्याल गरिएन भने टन्सिलको समस्या निम्तिनसक्छ । धरै चिसो वा धेरै तातो, धेरै गुलियो या धेरै अमिलो कुरा खाँदा टन्सिलको समस्या निम्तिन सक्छ । टन्सिलका बिरामीले अमिलो, पिरो, गुलियो,…
निःशुल्क स्वास्थ्य शिविरमा एकहजार बढीको परीक्षण
स्वास्थ्यसमाचार /लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित आमामा निःशुल्क स्वास्थ्य शिविर तथा मधुमेह परीक्षण गरेको छ । स्वास्थ्य संस्थासम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक तथा क्लबका प्रशासक प्रशान्त श्रीवास्तवले बताए । कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले ग्रामीण क्षेत्रमा क्लबले स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम लैजानु उदाहरणीय रहेको बताए । उनले स्वास्थ्य क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्नेमा जोड दिए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले सरकारले गर्नुपर्ने काम लायन्स…