कोरोना बिरुद्धको मौजाद खोप स्वास्थ्यकर्मिलाई मात्र पुग्ने

कोरोना संक्रमण बढन थालेपछि भारतले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप निर्यात रोक्ने

स्वास्थ्यसमाचार /कोरोना संक्रमण बढन थालेपछि भारतले आफ्नो देशमा उत्पादित कोरोना विरुद्धको खोप निर्यात रोक्ने भएको छ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिशिल्ड खोप अन्य देशलाई नदिने निर्णय गरेको भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धत गर्दै बीबीसीले जनाएको छ ।

भारतको यो निर्णयले कोभ्याक्सको योजना अनुसार खोप वितरणमा असर पुग्नेछ । करिव १९० वटा देशमा कोभिशिल्ड नपुग्ने देखिएको छ ।अहिलेसम्म भारतले ७६ देशमा ६ करोड मात्रा खोप दिइसकेको छ ।

भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । सिरम इन्स्ट्च्यिूटसँग खोप किन्न ८० प्रतिशत रकम पठाइसकेको भएपनि आउन बाँकी १० लाख मात्रा खोप समयमा नै उपलव्ध गराउन नसक्ने जवाफ दिएको बताइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा खोप अभियान चल्दा १८ लाख व्यक्तिले पहिलो मात्रा लगाएको तर ५ लाख खोप मात्रै मौज्दात रहेको वताए । मौज्दात खोप स्वास्थ्यकर्मीलाई मात्रै दोस्रो मात्रा पुग्ने डा गौतमले बताए ।

सम्बन्धित शिर्षक :