वेलहियानाकामा हेल्थ डेस्क राखेकै दिन भेटीए कोरोना पोजिटिभ

सीमामा थप कडाई गर्ने डिसीसीएमसीको निर्णय

स्वास्थ्यसमाचार/ नेपाल भारत सीमामा हेल्थ डेस्क राखी एन्टीजेन परिक्षण सुरु गरिएको पहिलो दिन नै भारतबाट नेपालमा काम गर्न आउदै गरेका एक जना कामदारलाई कोरोना पोजेटीभ देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीका अनुसार भारतबाट लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको उद्योगमा काम गर्न आई रहेका भारत राजस्थान बस्ने एक जना पुरुषलाई पोजिटिभ देखिएको वताए । स्वाबको माध्यमबाट परिक्षण गरिने एन्टिजेन प्रभावकारी रहेको डा गिरीले बताए ।

आधा घण्टामै नतिजा आउने यो परिक्षणबाट पोजिटभ देखिएका भारतीय नागरिकलाई सम्बन्धित उद्योगले नै होम आईसोलेसनमा राख्ने गरि जिम्मा दिईने उनले बताए ।आज प्रमुख जिल्ला अधिकारी जिल्ला स्वास्थ्य प्रमुखको टोलीले सिमानाकामा रहेको हेल्थ डेस्क अनुगमन गरेका छन ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ले यस्तै बेलहिया नाका हुदै भारतबाट आउने नागरिकहरुलाई नाकामा स्थापना भएको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य चेकजाँच गरि उनिहरुको अभिलेख राखिने राखिने बताए ।यसरी स्वास्थ्य चेकजाँच गर्दा कोही शंकास्पद भए सीमामै उनिहरुको स्वाब लिई एन्टिजेन टेष्ट गर्ने ब्यवस्था रहेको घिमिरेले बताए ।

जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) भारतमा कोभिडको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सीमामा थप सर्तकता अपनाउने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक :