धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल

डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ ।

धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु लगनशील भएर काम गरिराखेको देख्न पाइयो।ती मध्ये मेरै सहपाठी डा. दिपक श्रेष्ठ हाडजोर्नी बिषयका बिज्ञ तथा (Orthopedic Surgeon) मेरुदण्डसम्बन्धि बिशेषज्ञ (Spinal Surgeon)  पनि हुन , एउटै संस्थामा शुरुदेखि खटेर लागेका छन।उनको समर्पण देख्दा उत्प्रेरणा जागेर आउँछ।

यहाँ अपरेसनको लागि बढीमा १ हप्ता मात्र कुर्नु पर्छ रे, ६ वटा अप्रेसन कक्षमा अलग अलग बिषयको अप्रेशन ह्ररेक दिनजसो हुंदोरहेछ। अस्पताल परिशरमा ठाँउ ठाँउमा फूलहरु देख्न पाइने सेवा दिने र सेवा लिनेलाई आनन्द महशुस हुने, अपांग तथा बृध्द मैत्री बाताबरण , सफा र स्वच्छ अवस्था सबै काम गर्नेहरुको सक्षम ब्यवस्थापनको प्रतिफल हो जस्तो लाग्छ।

यसपटक मसंग यस अस्पतालको बाताबरण हेर्न र यहाँबाट सिक्न हाउस किपिङ अधिकृतलगायत अरु २ जना नर्सिङ स्टाफको टीम रहेको थियो। यो टीमले अस्पतालको अपरेसन सम्बन्धि ब्यवस्थापन , सफाइ सम्बन्धिको कार्यबारेमा यहाँबाट धेरै जानकारी लिएको छ, आशा छ आफ्नो कार्यक्षेत्रमा प्रयोग गरेर फरक अनुभुती पस्किनेछ।

अस्पतालले त्यसरी नै यो टीमले अर्को दिन नीजिस्तरबाट ललितपुर जिल्लाको नख्खुमा स्थापित सुबिधासम्पन्न मेडिसिटी अस्पताल अवलोकन भ्रमण गर्यो, जहाँ यहाँका जनरल म्यानेजर बिजय रिमालले धेरै सहयोग गरे। बिजय रिमालजीसंग पनि मेरो २५ बर्षभन्दा पहिला म धरानमा एम बी बी एस पढ्दादेखिको चिनजान नवीकरण गर्ने सुअवसर मिल्यो।

साथै त्यहीँ कार्यरत हामीलाई एम बी बी एस मा गाइड गर्नुहुने शिशिर लाखे तथा निलमणी सरसंग भेट्ने मौका मिल्यो।अस्पतालको इमर्जेन्सी उपचारको बारेमा जानकारी बिस्तृत रुपना पाइयो , जहाँ बाहिरबाट बिरामी ल्याउन प्रयोग गरिने हेलिकप्टरको अस्पतालको १० औं तल्लाको छतमा ल्याण्डिङ्देखि तल इमर्जेन्सीसम्न कसरी उपचार गरिंदो रहेछ बुझ्न पाइयो।

आर्थिक स्तरबाट सक्षम सेवाग्राहीको क्याबिन सुबिधा पनि हेरियो। यहाँको अत्याधुनिक संरचनामा रहेको अप्रेसन कक्ष, आइ सी यू, सी सी यू, सुत्केरी वार्ड, डायलाइसिस कक्ष, अन्तर्राष्ट्रिय बिरामीका लागि बिमाबाट उपचार सह्जीकरको हेल्प डेस्क कक्ष,आफ्नो स्वास्थ्य अवस्था कुन स्तरमा छ भनेर थाहा पाउन प्याकेज सिस्टमको परिक्षण प्रणाली बुझ्ने अवसर जुर्यो।

अस्पतालमा एनेस्थेटिस्ट डा अपूर्वबाट बिरामीको उपचार ब्यवस्थापनमा गुणस्तर तथा सुरक्षा कायम गर्न चेक लिस्ट लागु गर्ने र अनुगमन गर्ने कमिटीको अपरिहार्यताको बारेमा जानकारी भयो। भबिश्यमा अस्पताल संरचना र जनशक्तिलाई तालिम दिने कुरामा मेडिसिटी अस्पतालको सहयोग पाइने कुराले हामीलाई उत्साह दिएको छ। यी दुइटा अस्पतालको अनुभवले बिकासको गतिमा बिस्तारै अघि बढेको अस्पताललाई नयाँ रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लागेको छ ।

म सहित हाम्रो टोलीले गरेको अध्यनबाट पनि लुम्बिनी प्रादेशिक अस्पतालको बिकास तथा ब्यबस्थापन लाई पनि थप चुस्तबनाउन सहयोग मिल्ने छ । धुलिखेल अस्पताल तथा सहकिर्म ब्यबस्थापकिय टीमलाई धेरै धन्यबाद ।

सम्बन्धित शिर्षक :