ईन्द्रेणीद्वारा प्रजनन् स्वास्थ्य सम्वन्धि कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवलमा महिलाका लागि प्रजनन् स्वास्थ्य सम्वन्धि एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

बुटवल सुख्खानगरमा रहेको ईन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो २६ आं स्थापना दिवसको अवसर पारेर  महिलाका लागि प्रजन्न स्वास्थ्य सम्वन्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

तालिममा लुम्विनी प्रादेशिक अस्पतला बुटवलका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शिला अधिकारी क्षेत्रीले सहजिकरण गरेकि थिईन। ईन्द्रेणीका महिला शेयर सदस्यहरुलाई केन्द्रीत गरेर दिईएको तालिममा महिलाको प्रजन्न स्वास्थ्य अन्तरगत पाठेघरको तथा स्तनको क्यान्सर, आंग खस्ने समस्या, युटिआई लगायतका समस्या र यसको रोकथामका बारेमा डाक्टर क्षेत्रीले सहजिकरण गरेकि थिईन ।

सहकारीका अध्यक्ष धुर्वकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्णप्रसाद अर्याल, सचिव माया गौतम लगायतले महिला प्रजन्न स्वास्थ्यका बारेमा बेलैमा सचेत भएमा भविष्यमा आउने जोखिम बारे बच्न सकिने सुझाव दिए ।

कार्यक्रममा सहकारीमा आवद्ध ६० बढी महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियो । यसैबीच सहकारीले स्थापना दिवसको अवसरमा शनिबार बिहान कार्यालय परिषरमा वृहद रक्तदान कार्यक्रम आयोजना गरेको ब्यवस्थापक बाबुराम अर्यालले जानकारी दिए ।

 

सम्बन्धित शिर्षक :