महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे

महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा – डा. रवीन्द्र पाण्डे
.
१. लकडाउनबारे
– लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ | यो सहि हैन | सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन | संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ | पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन | हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन |
२. खोपबारे
– यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ | त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ | भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् | यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ |
३. दोस्रो मात्रा बारे
– दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ | कारणबश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ | दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०. ४ % हुन्छ |
– बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ |
४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?
खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ | उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ | फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् | खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ |
खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ | यो बुझ्नु / बुझाउनु जरुरी छ |
५. दोस्रो लहरको क्षति अनुमान
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन | त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो | अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् | आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ | खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रतक्ष्य छ | मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ | खोप आइरहनेछ | तसर्थ क्षति निकै कम हुन्छ |
..
महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो | कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन |

सम्बन्धित शिर्षक :