स्वास्थ्यसमाचार/ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड(१९ विरुद्धको पूर्व तयारी अगाडि बढाउन निर्देशन दिएका छन् ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, उच्च अधिकारीलगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले सम्भावित तेस्रो लहरको तयारी अगाडि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका स्वास्थ्यका उच्च अधिकारी तथा विज्ञहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले कोभिड(१९ को तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयुको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।
यस्तै, देउवाले कोभिड(१९ विरुद्धको खोप खरिदलाई पनि चुस्त रुपमा अगाडि बढाउनका निर्देशन दिएका छन् । साथै, खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले स्वास्थ्यका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।
प्रतिकया दिनुहोस्