पूर्व मुख्य सचिव पौडेलद्धारा गुल्मी जिल्लाअस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

सन्तोष महतारा

स्वास्थ्यसमाचार / नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेलले गृह जिल्ला गुल्मीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र गुल्मीमार्फत जिल्ला प्रशासन कार्यालय गुल्मीमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

पूर्वमुख्य सचिव पौडेलले गुल्मी जिल्लाका लागि १ लाख थान मास्क, १ सय एमएल बराबरका ४ सय बोत्तल स्यानिटाइजर र एक थान कन्सनटेटर गुल्मी अस्पताल, जिल्लाका स्थानीय तह र स्वास्थ्यचौकी समेतका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको पूर्व मुख्य सचिव लिलामणी पौडेलले जानकारी दिए ।

पूर्व मुख्य सचिव लिलामणी पौडेलले दोस्रो लहरको समयमा गुल्मीमा भएका घटनाहरुको बारेमा जानकार रहेको बताउँदै जिल्लाका लागि स्वास्थ्य सामाग्री लिएर सबै पालिकामा पुराउने लक्ष्य राखेको बताए ।

“स्वास्थ्य सामाग्री नागरिक स्तरसम्म पुराउन आवश्यक छ ।” पौडेलले भने, “जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहसँग समन्वय गरेर आवश्यक नागरिकसम्म मास्क र स्यानिटाइजर पुग्नुपर्छ ।” जिल्लाका स्थानीय तहले बितरण गरेको स्वास्थ्य सामाग्रीको बिवरण जिल्ला प्रशासन कार्यालय गुल्मीले मागेमा नागरिकसम्म स्वास्थ्य सामाग्री पुग्ने उनले बताएका थिए ।

कोरोनाको दोस्रो चरणको भेरियण्ट राजनितीक दलका नारा जुलुसले बढेको बताएका थिए । तेस्रो भेरियण्टमा ठुलो क्षति नबेहोर्नका लागि आजैबाट सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन उनले आग्रह गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पराजुलीले गुल्मी जिल्लामा जन्मिएका पूर्व मुख्य सचिव लिलामणी पौडेलले जिल्लाप्रति जिम्मेवारी बोध गर्दै स्वास्थ्य सामाग्री बितरण गर्नुले जिल्लावासी सबैको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिएका थिए ।

गुल्मी अस्पतालका प्रमुख डाक्टर पच्याले कोरोनाको समयमा सबै क्षेत्रबाट गरिएको सहयोगले बिरामीलाई उपचार गर्न सहज पुगेको बताएका थिए । कोरोनाको पहिलो लहरदेखिको पहिलो चरणदेखि अहिलेसम्म आइपुग्दा पूर्व मुख्य सचिव पौडेलसँगै सबै सहयोगी प्रति कृतज्ञ रहेको बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पत्रकारहरुले सहयोगीहरुले गरेको सहयोग नागरिक स्तरसम्म नप्गेको गुनासो गरेका थिए ।

स्थानीय तहको कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री थन्किने र पहुँचवालाको घरमा मात्र मास्क र स्यानिटाइजर पुग्ने पत्रकारहरुको गुनासोलाई सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पराजुलीले नागरिक स्तरसम्म स्वास्थ्य सामाग्री पुराउन जिल्ला प्रशासन कार्यालयको तर्फबाट भुमिका खेल्ने बताएका थिए ।

 

सम्बन्धित शिर्षक :