रुपन्देहीमा साउन १ र २ गते ४५ हजारले कोरोना बिरुद्धको खोप लगाए

चालक र सहचालकलाई साउन ४ गते लगाईने

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा साउन १र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप ४५ हजारले लगाएका छन ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिका र २ अस्पताल गरि ४५ हजारले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका छन ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीका अनुसार ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू, विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु लाई पहिलोमात्र भेरोसेल खोप लगाईएको छ ।

डा गिरीका अनुसार सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु लाई भने ४ गते खोप लगाईने भएको बताए ।

                                            रुपन्देहीका कुन पालिकामा कति खोप लगाए बिबरण सहित ।

सम्बन्धित शिर्षक :