रूपन्देही जिल्लालाई कुष्ठरोगी, मुक्त बनाउने प्रयास अझै सफल भएन

जिल्लामा अझै १४८ जना कुष्ठरोगी फेला

स्वास्थ्यसमाचार / रूपन्देहीमा हाल १ सय ४८ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन्। नेपाललाई कुष्ठरोग मुक्त बनाउने अभियान चलेपनि रूपन्देहीमा अझैपनि बिरामीहरू देखिईरहेको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यालयका कुष्ठरोग फोकल पर्सन टिकाराम अधिकारीले जिल्लामा कुष्ठरोगीहरूको संख्या घटाउन पहल भइरहेको बताए। कुष्ठरोगमुक्त जिल्ला घोषणा गर्नको लागि प्रतिदशहजार १ भन्दा कम ब्यक्तिमा रोग हुनुपर्ने भएपनि जिल्लामा १/३७ प्रतिदशहजार रहेकोले मुक्त भइनसकेको बताए।

द ल्प्रोसी मिसन नेपाल, युकेएड र स्वास्थ्य कार्यालय रूपन्देहीको आयोजना एवं पत्रकार महासंघ रूपन्देहीको समन्वयमा पत्रकारहरू लक्षित कुष्ठरोग अभिभुखिकरण कार्यक्रममा बोल्दै उनले सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३१ जना रहेको बताए।

यस्तै जिल्लाको तिलोत्तमा नगरपालिकामा २९ जना, देवदह नगरपालिका र रोहिणी गाउँपालिकामा मा १२ जना, सिद्धार्थनगर नगरपालिकामा ११ जना, कञ्चन गाउँपालिकामा ९ जना, सम्मरीमाई र शुद्धोधन गाउँपालिकामा ६र६ जना बिरामीहरू रहेको उनले जानकारी दिए।

उनले अझैपनि कुष्ठरोग श्रापकै कारणले लाग्छ भन्ने पुरानो मानसिकताले कुष्ठरोगी नखुलेको बताउँदै उनले यो रोग उपचार गरेमा निको हुने बताए । कार्यक्रममा द ल्याप्रोसी मिसन नेपालका रूपन्देही र कपिलवस्तु संयोजक सुदीप नेपालले कुष्ठरोगको पहिचानको बारेमा जानकारी गराएका थिए।

सम्बन्धित शिर्षक :