धुर्कोट गाउँपालिका वडा नं ४ जैसिथोकमा बर्थिङ सेन्टर संञ्चालन

वासुदेव पोखरेल
स्वास्थ्यसमाचार /गुल्मी धुर्कोट गाउँपालिका ४ जैसिथोकमा बर्थिङ सेन्टर संचालन गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बर्थिङ सेन्टरको उद्घाटन गरे । जैसिथोकमा बर्थिङ सेन्टर संचालनमा आएसँगै अब सुत्केरी गराउनको लागि सदरमुकाम तम्घास वा धुर्कोट रजस्थल प्राथमिक स्वास्थ्य केन्द्र जानुपर्ने छैन ।

आर्थिक बर्ष ०७७/ ७८ मा उक्त स्वास्थ्य चौकीममा ३८ जनाले चारपटक गर्भ जाँच गराएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ३५ देखि ४० जना उक्त स्वास्थ्य चौकीमा सुत्केरी हुने स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् जैसिथोकका वडा सदस्य गनेपाल थापाले ,जानकारी दिए ।

स्वास्थ्य चौकिमा अनमि तारा खनाल र सम्झना पोखरेलले सुत्केरी गराउनेछन् । जैसिथोक स्वास्थ्य चौकीलाई न्यूनतम सेवा मापदण्ड प्रक्रिया पूरा गरेको स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिएको । त्यसका साथै टेलिभिजन, पोषण कर्नर लगायतबा सुविधा थप गर्नको लागि बजेट बिनियोजन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए ।

कार्यक्रममा उपस्थित भएका सबै गर्भवतीहरूलाई स्वास्थ्य चौकीमा सुत्केरी हुनको लागि निमन्त्रणा पत्र पनि वितरण गरिएको खनालले जानकारी दिए । स्वास्थ्य संस्थामा चारपटक गर्भ परीक्षण गराएबापत दुईरदुई सयका दरले आठ सय, स्वास्थ्य संस्थामा सुत्केरी भएबापत दुई हजार, यातायात खर्चबापत दुई हजार तथा आमा र बच्चाको लागि एकरएक सेट न्यानो कपडा प्रदान गरिने खनालले बताए ।

यो सँगै धुर्कोटमा रहेका एक प्राथमिक स्वास्थ्य केन्द्र र छ वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालन गरिएको छ ।

सम्बन्धित शिर्षक :