स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्लाई तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएका ३ जना मध्ये डा पोखरेल सचिवमा नियुक्त भएका हुन्।
३ वर्षको लामो अवधिपछि स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरिएको हो । यसअघि प्राविधिकतर्फबाट स्वास्थ्य सचिव भएकी डा पुष्पा चौधरीले राजिनामा दिएर विश्व स्वास्थ्य संगठनको जागीर खान गएसँगै स्वास्थ्य मन्त्रालयबाट सो दरवन्दी नै गाएव भएको थियो ।
अघिल्लो सरकारले गत २१ असारमा पुन स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरवन्दी थपेसँगै स्वास्थ्य सेवाको सचिवको बाटो खुलेको थियो ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्