आगोले जलेकी कञ्चनको उपचारका क्रममा मृत्यु

स्वास्थ्य समाचार आगोले जलेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो । तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार…

अज्ञात रोगका कारण हुम्लामा आठ जनाको मृत्यु

स्वास्थ्यसमाचार अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ । ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि…

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

स्वास्थ्यसमाचार बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले सकेसम्म गर्भपतन नगर्न र गर्ने पर्ने भएमा सुरक्षित गर्भपतन गराउन आग्रह गर्दै अनावश्यक रूपमा रहन गएको गर्भलाई टाढा टाढा पुगेर ठूलो खर्चमा पतन गराउनु पर्ने बाध्यतालाई हटाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य…

अनमीको समायोजन नटुंगिदै रमाना

स्वास्थ्यसमाचार समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन । तर, बाँकेको एक गाँउपालिकाले भने आफ्ना एक जना कर्मचारीलाई समायोजनमा परेको भन्दै रमाना दिएर विदा गरेको छ । उता रमाना लिएर गएको कार्यालयका अधिकारीले पनि निजलाई हाजिर गराउनु भनि फाँटवालालाई आदेश दिएका छन् ।समायोजनमा गडबडी भएपछि सामान्य प्रशासन मन्त्रालयले चैतको अन्तिम साता सूचना प्रकाशित गरी ५ बैशाखसम्म गुनासो राख्न स्वास्थ्यकर्मीहरुलाई भनेको थियो । सो अवधीमा १३ हजार बढी गुनासा दर्ता भएका छन् । अहिले सामान्य र स्वास्थयका कर्मचारीहरुले त्यहि…

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

गुल्मीको झाडापखाला प्रभावित दर्जाकोटमा ‘वाटर एम्बुलेन्स’

स्वास्थ्यसमाचार फोहर खानेपानीका कारण झाडा पखालाले प्रभावित भएको गुल्मीको मुसिकोट नगरपालिकामा पानी शुद्धिकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले आज वाटर एम्बुलेन्स पठाएको छ । खानेपानीमन्त्री बिना मगरले झाडापखाला क्षेत्रमा खानेपानी शुद्धिकरणका लागि आज ‘वाटर एम्बुलेन्स’ पठाइएको जानकारी दिईन ।मुसिकोट नगरपालिका–४ स्थित दजाकोट क्षेत्रमा पानी शुद्धीकरण जाँच गर्नका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात वाटर एम्बुलेन्स पठाएको हो ।झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानीमन्त्री मगरले आधुनिक उपकरणसहितको उक्त सवारी पठाइएको वताईन । पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्युब र ब्लिचिङ…

बालबालिकालाई जङ्कफुड खुवाउँदै हुनुहुन्छ ? होसियार

स्वास्थ्यसमाचार अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् । सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो । सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए ।…

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन। घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ । अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला फैलिएपछि अध्ययनको लागि प्रभावित क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमुना संकलन गरी फर्किएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विरामी मध्ये तीनजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर उत्तम पच्याले…