लुम्बिनी प्रादेशिक अस्पतालमा निमार्णधिन प्रसूति भबन सहरी विकासमन्त्री द्धारा निरिक्षण

भबन समय भित्र सक्न ठेकदारलाई निर्देशन

स्वास्थ्यसमाचार/सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निमार्णधिन प्रसूति भबनको निरिक्षण गरेकी छन।गुल्मी जाने क्रममा आज क्रममा अस्पतालमा निर्माणधिन भबन समय भित्र सक्न ठेकदारलाई निर्देशन दिएकी छन ।

मन्त्री झाँक्रीले चैत्र २० गते सम्म प्रसूति भबन निमार्ण सम्पन्न गरि बिरामीलाई उक्त भबनबाट सेवा दिने गरि काम गर्न निर्देशन समेत दिएकी छन । मन्त्री रामकुमारी झाँक्रीलाई अस्पतालका मेसु डा ईन्द्र ढकालले अस्पतालको बारेमा जानकारी गराएका थिए।

अस्पतालका नर्सिड ईन्चार्ज ज्योती पौडेलले प्रसूतिक्षेत्रको बारेमा जानकारी गराईकि थिईन ।  २०७५ सालमा शिलान्यस भै सुरु भएको भबनको संघिय सरकारबाट २७ करोडको लगातमा निमार्ण हुन लागेको छ ।

निमाणाधिन प्रसूति भबन ४ तले र २सय ५० बेडको हुने भएको छ । उक्त भबन संञ्चालनमा आएपछि आमा र बच्चा ,आईसियु एनआईसियु एमसिएच लगायतका सेवा यहि भबनबाट दिने भएको छ । यस्तै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बुटबलको रामनगरमा निर्माणाधिन सभाहलको समेत निरिक्षण गरेकि छन । उनले ठेकदारलाई समयमा काम र गुणस्तरी काम गर्न समेत निर्देशन दिएको बुटबलका ईन्जिनियर शुनिल खत्रीले बताए । ।

सम्बन्धित शिर्षक :