स्वास्थ्य मन्त्रालयले भन्यो :स्थानिय र प्रदेशका स्वास्थ्यकर्मि सरुवाका लागी नआउनुस

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा सम्बन्धि काम मन्त्रालयबाट नहुने प्रष्ट पारेको छ । कर्मचारीको समायोजनपछि पनि मन्त्रालयमा सरुवा सम्बन्धि निवेदन आउने क्रम बढेपछि मन्त्रालयले सूचना जारी गर्दै सो कुरा स्पष्ट गरेको हो । मन्त्रालयले स्थानीय र प्रदेश तहमा समायोजित कर्मचारीहरुको सरुवा गर्ने अधिकार कानुनतः मन्त्रालयलाई नरहेको पनि प्रष्ट पारेको छ । समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

लुम्बिनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र

स्वास्थ्यसमाचार/लुम्विनी प्रदेशको बर्दियामा नेपालकै पहिलो सिकलसेल उपचार केन्द्र स्थापना हुने भएको छ। बारबर्दिया नगरपालिका नगर प्रमुख दुर्गाबहादुर थारुले भवनको शिलान्यास गरेका छन् । चार करोड ३३ लाख ५० हजार लागतमा सिकलसेल उपचार केन्द्रको भवन निर्माण हुने भएको छ । सिकलसेल उपचार कै लागि निर्माण सुरु गरीएको यो नेपाल कै पहिलो उपचार केन्द्र भएको नगरपालिका प्रमुख थारुले बताए ।सिकल सेल रोग पश्चिम नेपालका थारु जातिमा मात्र देखिएको वंशाणुगत रोग हो । थारुहरुको बाहुल्यता रहेकोले सिकलसेलका रोगीहरुलाई सहज उपचार गर्नका लागि उपचार केन्द्रको स्थापना गरेको बारबर्दिया नगर प्रमुख थारुले बताए । नगरभित्र…

धुर्काेट गाउँपालिकामा स्वास्थ्य विमा र फार्मेसीको उद्घाटन

स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा स्वास्थ्य विमा कार्यक्रम तथा विमाको छुट्टै फार्मेसी सेवाको उदघाटन भएको छ । सोमबार धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्र धुर्काेट ६ गुल्मीमा धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष शिव बहादुर खत्रीले स्वास्थ्य विमा तथा छुट्टै फार्मेसीको उदघाटन गरे । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्धेश्य सहित सुरू भएको स्वास्थ्य विमाको लागि धुर्काेट गाउँपालिकामा यस अघि देखिनै प्रत्येक वडामा एक एक जना दर्ता सहयोगीले विमा गरिरहनु भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि भुपाल पोखरेलले विमा गरेवापत पाउने सुविधाको सुरूवात…

धुर्काेट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला क्षेत्र नं २ का सभासाद गोकर्ण बिष्टले अब प्रत्येक ब्याक्तीको स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने बताए । देशव्यापी रुपमा सुरु भएको ’एक स्थानीय तह(एक अस्पताल’ कार्यक्रमको सुरुवातमा गुल्मी पुगेका पुर्व मन्त्री बिष्टले विभिन्न स्थानीय तहमा १५ शैयाको अस्पतालको भवन शिलान्यास गर्दै यस्तो बताएका हुन् । “जनताले कुनै जहाज चार्टर गरेर घुम्न जाने माग राखेका छैनन्” बिष्टले भने, “जनताका आधारभूत आवश्यकता पुरा गर्दै स्वास्थ्य सुरक्षाको सुनिश्चत गर्ने छौं ।” विभिन्न कार्यक्रममा पुगेका बिष्टले अबका सबै कार्यक्रम आर्थिक वृद्धिसँग जोड्नु पर्ने बिष्टको भनाइ छ । हरेक जनताका आधारभूत आवश्यकता पुरा गरी…

रोटरी क्लव अफ बुटवलले क्यान्सर स्क्रिनिङ सेन्टर सहित ४ परियोजना संञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२०/२१ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, आम्दा अस्पताल बुटवलमा अक्सिजन…

अर्थमन्त्री पौडेलले संसद् विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्चिने

स्वास्थ्यसमाचार/रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेल यो वर्ष संसद विकास कोषका बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यक देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम पौडेलले स्वास्थ्य क्षेत्रमा लगाएका हुन् । विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा…

कोभिड19 कोरोना भाईरस संक्रमण र मेरो भोगाई – नन्दराम पौडेल

पेशाले म एक स्वास्थ्यकर्मी कोभिड संक्रमण नियन्त्रणको लागि अग्र पंक्तिमा रहेर काम गर्नुपर्ने जिम्मेवारी मेरो काँँधमा थियो । यसै अनुसार शुरु देखिनै यस रोगको रोकथाम नियन्त्रणको साथसाथै जनताको आधारभुत स्वास्थ्य सेवा पाउनुपर्ने हकलाई सुनिश्चित गर्दै नियमित स्वास्थ्य सेवा प्रदान गर्दै आएँँ , शुरुको लकडाउनको समयमा स्वास्थ्यकर्मि भएकै कारण कोरोना बाहकको रूपमा समाजले गरेको ब्यवहार , ससस्त्र द्वन्दको अवस्थामा गरिने बन्दमा जस्तै लकडाउनको बेलामा सेवा प्रवाहको लागि जाने आउने क्रममा बाटोमा भएको अवरोधको सामना गर्दै निरन्तर सेवामा खटिरहे । यस अवधिमा कहिले क्वारेन्टाइन, कहिले आइसोलेसन, कहिले नियमित स्वास्थ्य सेवाको काममा खटिरहे,…

तिलोत्तमा १५ शैंयाको सरकारी अस्पताल बन्ने अर्थमन्त्रीद्धारा शिलन्यास

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज शिलन्यास गरिएको छ ।हरेक पालिकामा कम्तिमा एउटा १५ शैंयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार बन्न थालेको आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरे। २०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । २०४० सालमो दश…

तिलोत्तमाका मेयर वासुदेव घिमिरे सहित ११ जनालेगरे प्लाज्मा दान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएका जनप्रतिनिधि, कर्मचारीले मंगलबार प्लाजमा संकलनको लागि रक्तदान गरेका छन । कोभिड–१९ बाट संक्रमित भई निको भएकाहरुले अन्य संक्रमित बिरामीहरुको जीवन रक्षाको लागि प्लाजमा दान गरेका हुन ।विश्वमा कोरोना भाइरस संक्रमणको निदानको लागि हालसम्म प्रभावकारी औषधि तथा खोप उपलब्ध नभइरहँदा संक्रमितको उपचारमा प्लाजमा थेरापीको प्रयोग हुँदै आएको छ । प्लाजमा दान गर्न नगरबासीलाई प्रेरणा मिलोस् भनेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए ।त्यसक्रममा नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामानाथ पाण्डेय, तिलोत्तमा मिडिया क्लवका अध्यक्ष लक्ष्मण पौडेलसहित…

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना स्वाव संकलन बुथ हस्तान्तण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना स्वाव संकलनगर्नका लागी सहज होस भनेर बुथ निमार्ण गरिएको छ । युथ फोर नेशन र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको सहकार्यमा बुथ निमार्ण गरिएको हो । आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राई र मेसु डा राजेन्द्र प्रसाद खनाल लाई हस्तान्तण गरिएको छ ।हस्तान्तण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्राईले यो युथ फोर नेशनले बनाएको बुथबाट कोरोना संक्रमितिको स्वाव संकलन गर्न सहजहुने बताए । उनले सामाजीक कार्यको लागी अस्पताल संग सहकार्य गरेकोमा खुसी ब्यक्त गर्दे सधै सहकार्यको लागी अस्पताल खुल्ला…