लुम्बिनी प्रादेशिक अस्पतालमा चिकनगुनिया रोगको परिक्षण हुने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मा आज देखि चिकनगुनिया रोग को परिक्षण हुने भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालको NTDs unit मार्फत Fairmed / IRDC ले अस्पताललाई तत्काल यो रोगको परिक्षण गर्न आबश्यक कीट हस्तान्तरण गर्नुभएको छ ।

यस क्षेत्रमा अहिलेसम्म पनि परिक्षण नभएको हुँदा अहिलेसम्म चिकनगुनिया रोग लागे नलागेको पत्ता लागेको थिएन । अस्पतालका मेसु डा ईन्द्र ढकालले चिकन गुनिया रोगको परिक्षण गर्न आबश्यक कीट उपलब्ध गराएकोमा संस्थाहरुलाई धन्यवाद दिदै अस्पताल आउने यो रोगका बिरामीलाई परिक्षणमा सहज हुने बताउनु भयो।

हस्तान्तरण कार्यक्रम अस्पतालका मे सु डाक्टर इन्द्र ढकाल ,मेडिकल बिभाग प्रमुख डाक्टर पुस्पराज जोसी ,Fairmed का तर्फबाट शशि लाल कर्ण,इन्द्रेणी ग्रामीण बिकास परियोजना का निर्देशक प्रदीप कुमार शाह,बिष्णु गौतम ,राजु शाह,डाक्टर सुवास ज्ञवाली रुपलाल पन्थी लगायतको सहभागीता रहेको थियो।

कार्यक्रम को संचालन NTDS unit इन्चार्ज दया सागर पन्थीले गर्नु भएको थियो । ।अस्पतालमा यही जेष्ठ ३ गते NTDs unit स्थापना भए पश्यात कुस्ठरोग हात्तीपाइले डेङ्गु चिकनगुनिया,कालाजार ,सर्पदम्श ,टेप वर्म ,ट्राकोमा लगायतका रोगहरुको उपचार तथा सहजीकरण भैरहेको NTDs unit इन्चार्ज दया सागर पन्थीले वताउनु भयो।

सम्बन्धित शिर्षक :