स्वास्थ्य क्षेत्रमा बुटवलले सार्वजनिक गर्‍यो एक सय दिनका उपलब्धि

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५०० सय रुपैयाँ पोषण खर्च दिने भएको छ।

बुटवल उपमहानगरपालिकाले १ सय कार्यदिनका उपलब्धि सार्वजनिक गरेको कार्यक्रममा बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५ रुपैयाँ पोषण खर्च दिने उल्लेख गरेको हो ।

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदस्थापन गरेको १ सय दिन पूरा भएको छ शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले १ सय दिनका उपलब्धि सार्वजनिक गरे । उनले स्वास्थ्य क्षेत्रमा गरेका महत्वपुर्ण कार्य भएको बताएका छन।

-आम्दा अस्पतालमा प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्ययनका लागि सम्बन्धन तथा आवश्यक शैक्षिक पूर्वाधार तयार गर्न प्रक्रिया अगाडि बढाईएको छ ।

– बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६÷१६ बेडका अक्सिजन सहितका दुई अस्पताल स्थापनाका लागि प्रक्रिया आरम्भ गरिएको छ ।

– १२ वर्ष भन्दा माथि उमेर समूहका सबै नागरिकहरुलाई कोभिड १९ विरुद्धको पूर्ण खोप भएको सुनिश्चितता घोषणा गरिएको छ ।

-१५ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप दिगोपना सुुनिश्चितता घोषणा गरिएको छ ।

-५ वर्षदेखि ११ वर्ष सम्मका सबै बालबालिकाहरुलाई कोभिड १९ विरुद्धको पूर्ण खोप पहिलो र दोश्रो मात्रा लगाइएको छ ।

-डेंगु रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लामखुट्टेका लार्भा नष्ट गर्ने कार्य र फगिङ गर्ने कार्य निरन्तर सञ्चालन गरिएको छ ।

– वैदेशिक रोजगारमा जाने नागरिकलाई सहजीकरण तथा सहजताका लागि कोभिड १९ विरुद्धको खोपको क्यूआर कोड उपलब्ध गराउने कार्य सञ्चालन भईरहेको छ ।

– लुम्बिनी प्रादेशिक अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका बुटवलभित्रका नवजात शिशु र आमाको लागि प्रतिपरिवार २५०० रुपैयाँ पोषण खर्च दिन शुरु गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध र सफल बनाउने योजना सफल पार्नका लागि कर्मचारी संयन्त्र प्रतिबद्ध भएर लाग्ने वताए ।

कार्यक्रममा नगरका पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल, नेपाली कांग्रेसका ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका ऋषिराम बस्याल, माओवादी केन्द्रका महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज शर्मा पौडेल, नेकपाका विरेन्द्र बिक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, बुटवल अटो इन्जिनियरिङ एशोसिएशनका तुल्सीराम न्यौपानेलगायतले वोलेका थिए।।

सम्बन्धित शिर्षक :