लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुविधाबारे जानकारी मुलक डिस्प्ले शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पतालबाट पाइने सेवा सुविधाबारे अल्ट्रा एलइडी डिस्प्लेको शुभारम्भ भएको छ ।

उक्त सेवाको शुभारम्भ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले गर्नुभएको हो । अस्पतालको मुल गेटको प्रवेश संगै रहेको सूचनामुलक एलइडी डिस्प्लेबाट सेवाग्राहीलाई सहजता हुनेछ ।

अस्पतालबाट उपलब्ध हुने सेवा सुविधाबारे सूचना प्रवाह गर्ने उद्देश्यले डिस्प्लेबाट सांकेतिक भाषामा नियमित जानकारी गराइनेछ अस्पतालका मेसु डा ढकालले अस्पतालको हाता भित्र अस्पतालको सेवा सुविधाबारे जानकारीमुलक डिस्प्लेबाट सवै वर्गका व्यक्तिले लाभ लिने बताउनुभयो ।

अस्पतालमा ४ लाख बराबरको लागतमा सिद्धार्थ सामाजिक विकास केन्द्र र युएनएफपिएको आर्थिक प्राविधिक सहयोगमा अल्ट्रा एलइडी डिस्प्लेको शुरुवात गरिएको हो । उक्त डिस्प्लेबाट सांकेतिक भाषाबाट समेत सेवाग्राहीलाई अस्पतालका सेवासुविधाबारे जानकारी दिइएको छ ।

कार्यक्रममा युएनएफपिएका क्षेत्रीय प्रवन्धक राम थापाले लुम्बिनी प्रादेशिक अस्पतालको गुणस्तरीय सेवामा टेवा पुग्दै सवैको पहुँच पु¥याउन संस्थाले विभिन्न सहयोग गरिरहेको बताउनुभयो । सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष तिलोचन घिमिरे, नीति सल्लाहकार पोमनारायण पौडेल, सहसचिव दुर्गा अर्याल, कार्यक्रम संयोजक रामनारायण शाह लगाएतको सहभागीता रहेको थियो ।

संस्थाले अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा प्रभावकारी बनाउन विभिन्न सहयोग गर्दै आएको छ । ओसिएमसीको व्यवस्थापनका लागि सामान, उपकरण, परामर्शकर्ता संगै सेवा लिन आएका पीडित महिला बालबालिका लगाएतलाई दोभासेको व्यवस्था गरी जनशक्ति सहयोग पु¥याएकोमा अस्पतालका मेसु डा।ढकालले संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

सम्बन्धित शिर्षक :