बेलायत मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न इच्छुक: निर्देशक वर्ड

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ ।

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा वताए ।

नगरप्रमुख पाण्डेयले बुटवलमा मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गरे।

भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने वताईन । निर्देशक वर्डले मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा बुटवलसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्यका लागि हात अघि बढाउने वताईन।

उनले नेपालमा बेलायत सरकारले लामो समयदेखि सहकार्य गर्दै आएकोले आगामी दिनमा पनि सहकार्य गर्ने र त्यसमा बुटवललाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाए ।

भेटका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युएनओपिएस प्रोजेक्ट कोहेरेन्स युनिटका टीम लिडर डुयेन जोन्स र बुटवल कार्यालयका प्रमुख सन्तोष खतिवडाले भेटवार्ताको सहजीकरण गरेका थिए ।

सम्बन्धित शिर्षक :