पाल्पामा डेंगु परीक्षण गर्ने किट अभाव ,महँगो शुल्क तिर्न वाध्य बिरामी

स्वास्थ्यसमाचार /पाल्पामा डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट अभाब भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले डेंगु संक्रमण बढेपछि परीक्षण गर्ने किट सरकारले उपलब्ध गराउन नसकेकाले एउटा पनि किट नभएको बताए ।

स्वास्थ्य कार्यालयले  तानसेनमा राखेकोे अभिमुखीकरणमा बोल्दै उनले भने, ‘सरकारले निःशुल्क किट उपलब्ध गराउने भनेको छ तर हामीसँग भने किटको अभाव छ ।’ अस्पतालहरुमा भने लक्षण देखिएका र सस्पेक्टेड बिरामीको संख्या दैनिक वृद्धि भएको छ डा गिरीले भने। पाल्पाका बिभिन्न अस्पतालमा दैनीक ४० देखी ५० जना सम्म डेंगु संक्रमण बिरामीमा परिक्षण गर्न आएको बताए।

भदौ, असोज र कात्तिक महिनामा डेंगु संक्रमण अझै बढ्न सक्छ । तर स्वास्थ्य कार्यालयमा पत्ता लगाउने किट भने अभाव छ । बिरामीले महँगो शुल्क तिरेर जाँच गराउनुपर्छ । विभिन्न प्रकारका रगतसहित डेंगु र कोभिड परीक्षण गर्नुपर्दा कम्तीमा ५ हजार खर्च हुने सेवाग्राहीको गुनासो छ । बिरामीमा ज्वरो (१०२ फरेनहाइट बढी) आउने, घाँटी दुख्ने, आँखाको नानी दुख्ने, ज्यान, जोर्नी दुख्ने भएपछि अस्पतालहरुले कोभिड र डेंगी दुवै जाँच गर्ने गर्छन् ।

जिल्लामा जेठ महिनामा ३, असार महिनामा ११ र साउन महिनामा ७ जना भेटिएको थियो । भदौ महिनाको १५ गतेसम्म १७ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :