“स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी वुटवलमा शुरु

स्वास्थ्यसमाचार/ ”नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा “स्वास्थ्य अनुसन्धान प्रस्ताव लेखन” कार्यशाला गोष्ठी बुटवलमा शुरु भएको छ।गोष्ठीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले शुुभारम्भ गरेका थिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थारुले स्वास्थ्य अनुसन्धानका बिषयमा छलफल गर्नु नयाँ कुरा खोज्नु र कसरी नयाँ तरिकाले काम गर्न सकिन्छ भनेर लाग्नु राम्रो काम भएको बताए। उनले यस्ता नयाँ कामको लागी स्वास्थ्य मन्त्रालय पनि सहयोग र सहकार्य गरेर अघि बढने बताए ।

स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरीले वोल्दै जनस्वास्थ्य विषय आफैमा नयाँ खोजी रहेको र नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले गरेको प्रयास सर्हानीय रहेको बताए।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश कुमार चापागाईले डाटाबेसमा रिसर्च वेसमा काम गर्न आबश्यक हुने बताए। उनले “स्वास्थ्य अनुसन्धानको लागी तालिम महत्वपुर्ण हुने बताए।स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरी लगाएतले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले भिडियो लिंक मार्फत कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो क्रममा उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को विगत र वर्तमान साथै नेपालमा अनुसन्धानका प्राथमिकताका विषयमा प्रकाश पारेका थिए। स्वास्थ्य अनुसन्धानका विषयमा विद्यमान नियम कानुनहरु बारेमा प्रष्ट पार्दै नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशसँग आगामी दिनहरुमा पनि सहकार्य गर्न ईच्छुक रहेको बताए।

कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमाले सह-प्रायोजन गरेको छ। कार्यक्रममा उक्त क्लबका अध्यक्ष बिष्णु भण्डारीले सिकलसेल रोग र अटिजम रोग विषयमा अनुसन्धान गर्नको लागि आवश्यक रकम व्यवस्थापन गरेको जानकारी दिएका थिए।

कार्यक्रम नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमराज पाण्डेको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले जनस्वास्थ्य कर्मीको क्षमता अभिवृद्दि गर्न संघले बढी भन्दा बढी प्रयास गरिरहेको साथै लामो समय सम्म रिक्त रहेको जनस्वास्थ्य अधिकृत र जनस्वास्थ्य प्रशासकको स्थायी पदको विज्ञापनको लागि स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र वुझाउनुको साथै निरन्तर पैरवी गरिरहेको जानकारी गराएका थिए।

स्वास्थ्य अनुसन्धानकर्ताको क्षमता अभिवृद्दि गर्न जनस्वास्थ्य संघले आगामी दिनहरुमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग निरन्तर सहकार्य गर्ने र आगामी दिनमा यस किसिमका कार्यशाला गोष्ठी संचालन गरिने जानकारी गराएका थिए।

कार्यक्रमको उद्घोषण संघ का सचिव निरन्जन पोख्रेलले गरेका थिए। कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का २ जना प्रशिक्षक डा विष्णु मरासिनी र डा उमेश अर्यालले ३ दिन सम्म प्रशिक्षण गर्नेछन्।

कार्यक्रममा ३० भन्दा बढी अनुसन्धानमा ईच्छुक जनस्वास्थ्य विधाका विद्यार्थी, जनस्वास्थ्य कर्मी, फार्मासिस्ट, तथा स्वास्थ्य कार्यक्रम व्यवस्थापकहरुको सहभागिता रहेको जनस्वास्थ्य संघका सदस्य तथा कार्यशाला गोष्ठी कार्यक्रमका संयोजक युवराज थापा मगरले बताए।

सम्बन्धित शिर्षक :