“श्रम ऐन उल्लंघन गर्ने अस्पताललाई सम्बन्धन खारेज गर्ने चेतावनी”

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवामा सुधारको पक्षमा बोल्दै मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी र सामुदायिक अस्पतालमा दक्ष जनशक्तिलाई श्रम ऐन अनुसार तलब नदिएको खण्डमा ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस बाँकेले आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बनाउनु भएको हो ।साथै, औषधिको मूल्य समायोजनको तयारी भइरहेकाे र यससँगै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने योजनासमेत रहेको जानकारी दिएका छन्।

मन्त्री पौडेलले नेपालगञ्ज मेडिकल कलेजका समस्याहरू कलेज प्रशासनले आफैले समाधान गर्नु पर्नेमा जोड दिएका छन्। उहाँका अनुसार, “मेडिकल कलेजलाई नीति र नियम अनुसार चलाउनुपर्छ र राज्यले निर्धारण गरेका सबै नीतिनियमलाई पालना गर्नुपर्छ।”

स्वास्थ्य सेवामा सुधारको पक्षमा बोल्दै मन्त्री पौडेलले अब कुनै पनि सरकारी, निजी र सामुदायिक अस्पतालमा दक्ष जनशक्तिलाई श्रम ऐन अनुसार तलब नदिएको खण्डमा ती अस्पतालको सम्बन्धन खारेज गरिने चेतावनी दिएका छन्। साथै, औषधिको मूल्य समायोजनको तयारी भइरहेकाे र यससँगै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने योजनासमेत रहेको जानकारी दिएका छन्।

उहाँले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको लागि सरकारले ठूलो लगानी गरेको उल्लेख गर्दै ती अस्पतालहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने पनि बताए। मन्त्री पौडेलले स्वास्थ्य बिमा योजनामा ६६ लाख घरपरिवारलाई समावेश गरिने कुरा पनि सुनाएका छन्, जसले बिरामीहरूलाई थप सुविधा दिने विश्वास व्यक्त गरेका छन्।

पूर्वविशिष्टहरुलाई राज्यले सुविधा नदिनु उपयुक्त हुने कुरा बताएका छन्। नेपाली कांग्रेस बाँकेले आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भने, “राज्यले पूर्वविशिष्टलाई मानसम्मान दिनु भने ठीक हो, तर उनीहरुलाई कुनै विशेष सुविधा दिनु भने उचित छैन।”

सम्बन्धित शिर्षक :