स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. बाराकोटीद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका डा टंक बाराकोटीले पदभार ग्रहण गरेका छन्।तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

डा बाराकोटी मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवका रुपमा कार्यरत थिए। स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो।

सम्बन्धित शिर्षक :