स्वास्थ्य सचिब श्रेष्ठका भावी योजना:स्वास्थ्यलाई उचाइमा पुर्याउने लक्ष्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आफनो भावी योजना प्रस्तुत गर्नु भएको छ। भखरै स्वास्थ्य सचिब को जिम्मेबारी समाल्नु भएको उहाले लुम्बिनीको स्वास्थ्यलाई यसरी लैजाने योजना रहेको बताउनु भयो । उहाले स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्थानीय तहसँग समन्वयको विशेष महत्व रहने बताउनु भयो। यस्ता रहेका छन योजना।

महिला र बालबालिकाको स्वास्थ्य सुधार

लुम्बिनी प्रदेशमा महिला र बालबालिकाको स्वास्थ्य र पोषण अवस्था कमजोर रहेको र मृत्युदर उच्च रहेको छ। यसलाई आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय तहसँग समन्वय गरी खास गरी लुम्विनी प्रदेशको प्रमुख समस्याका रुपमा रहेको महिला तथा बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था कमजोर छ।

मृत्युदर  ७ प्रदेश मध्ये उच्च रहेकोले गर्भवती अवस्था देखि सुत्केरी भएको ४२ दिन सम्म र बच्चा गर्भमा भएदेखि २ वर्षसम्मको बच्चाहरुको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीका लागि Health (मोवाइल स्वास्थ्य) कार्यक्रम मार्फत डिजिटल स्वास्थ्य प्रोफाइल तयार गर्ने कार्यक्रमलाई विस्तार गरी जटिल अवस्थाका महिला तथा बच्चाहरुको समयमै पहिचान भै स्वास्थ्य सेवा प्रवाह गरी विरामी रुग्घनता तथा मृत्यु दरमा कमि ल्याउने  योजना वनाएको बताउनु भयो ।

नसर्ने रोगहरूको पहिचान र नियन्त्रण

नसर्ने रोग खास गरी क्यान्सर, मुटुरोग र मृगौला रोग तथा मानसिक रोगको बढ्दो चापलाई न्यूनिकरण गर्न सामुदायिक स्क्रिनिङ कार्यक्रमहरु मार्फत शिघ्र पहिचान गरी समयमै व्यवस्थापनमा जोड दिने र स्वस्थ्य व्यबहार अवलम्वनका लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, मानसिक रोगको न्यूनिकरणका लागि मानसिक रोग नियन्त्रण सम्बन्धी रणनीति तयार गरी कार्यान्वयनमा ल्याउने  वताउनु भयो।

रोगहरूको प्रकोप नियन्त्रण

कुष्ठरोग, मलेरिया, डेंगु, क्षयरोग, हेपाटाइटिस, र एचआईभी/एड्स जस्ता रोगहरुको प्रकोपदर अन्य प्रदेश भन्दा उच्च रहेकोले यसको समयमै व्यवस्थापनका लागि केश वेस सर्भिलेन्स लाई प्रभावकारी रुपमा संचालन गरी रोगको संक्रमण तथा प्रसारलाई रोकी यसको रुग्घणता तथा यी रोगबाट हुने मृत्युमा कमि ल्याउने  योजना बनाएको बताउनु भयो।

विशिष्ट रोगहरूको पहिचान र उपचार

सिकेलसेल थालसेमिया तथा हेमोफेलियाका विरामी तथा बाहकहरुको समयमै निदान तथा व्यबस्थापनका लागि मास स्क्रिनिङ कार्यक्रमहरु संचालन गर्ने र रोगीहरुको उचित उपचार तथा व्यबस्थापन गर्न अस्पतालहरुमा छूट्टै कर्नर र वार्ड स्थापना तथा निरन्तरता दिने योजना बनाएको बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पतालको क्षमता वृद्धि

प्रादेशिक अस्पतालहरूबाट दिने स्वास्थ्य सेवाको प्रभावकारिताका लागि जनशक्ति पदपुर्ति र उपकरणहरुको उचित व्यबस्था गरी महिनौं कुर्नुपर्ने शल्यक्रिया सेवालाई छिटो छरितो गर्न OT क्षमता विस्तार तथा अस्पतालमा EHS सेवालाई प्रभावकारी रुपमा संचालन गर्ने योजना बनाएको बताउनु भयो ।

स्वास्थ्यमा बजेट वृद्धि गर्ने पहल गर्ने

स्वास्थ्यमा सधै बजेट कमी हुन्छ म लामो समयदेखि स्वास्थ्यमा रहेको भएकोले अबस्था थाह छ यसपटक म आफै पहल गर्ने ठाउमा आएको छु अर्थसँग पहल गरेर अहिले दिदै आएको बजेटमा थप मागको लागी पहल गर्ने योजना बनाएको छ ।

दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ चिकित्सक परिचालन

दुर्गम क्षेत्रका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरू परिचालन गर्न निजी अस्पताल र मेडिकल कलेजहरूसँग साझेदारी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार गर्ने लक्ष्य रहेको बताउनु भयो ।यी योजनाहरूले लुम्बिनी प्रदेशको स्वास्थ्य सेवामा सुधार ल्याउने र प्रदेशका नागरिकको जीवनस्तर उकास्नमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिएको  सचिब श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित शिर्षक :