विशेषज्ञ सेवा विस्तार गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटबल

स्वास्थ्यसमाचार/खानपान, रहनसहन र जलवायु परिवर्तनका कारणले जनस्वास्थ्यमा धेरै प्रकारका घातक स्वास्थ्य समस्या देखिने गरेका छन् ।नसर्ने रोगको भयावह अवस्था छ । तर, उपचारका लागि सहज, सुलभ, प्रभावकारी रस्तरीय सेवा छैन ।उपलव्ध भएको पनि पालो कुर्दा उस्तै परे ज्यान जाने, भएभरको सम्पत्ती सकिने र विरामीको ज्यान पनि सकिने दर्दनाक बेथा धेरैले भोग्नुपरेको छ

बुटवलमा रहेको मुलुककै पुरानो मध्येको विशेषज्ञ सेवा सहितको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २५०० को हाराहारीमा विरामीहरु आउँछन् ।यीमध्ये पछिल्ला समयमा अधिकांशमा नसर्ने प्रकारका जटिल रोग समेत देखिने गरेका छन् ।मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको प्रबन्ध छैन ।

जटिलअवस्थाकालाई तत्कालै रिफर गरिन्छ भने थप परीक्षण गर्नुपर्नेलाई समेतबाहिर जानुपर्ने बाध्यता छ ।यहीँ अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पतालले अहिले केहीविशेषज्ञ सेवा थप गर्न लागेको छ । युरोलोजिस्ट, ग्यास्ट्रोइन्टेरोलो जिस्ट तथा डाइजेस्टिभ डिजीज र क्याथल्याबका सेवा विस्तारको तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए । यद्यपि यसको तारतम्य मिलाउने निकाका रुपमा रहेको प्रदेश सरकारले ‘फास्टट्रयाक’माकाम गरिरहेको छैन ।

ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजीज अन्तर्गत् पेट, कलेजो,आन्द्रा र पाचन प्रक्रिया लगायतमा हुने समस्या हो । यसप्रकारका समस्या
भएका बिरामी दैनिक रुपमा आउने गरेका छन् ।युरोलोजिस्ट भन्नाले मुत्र रोग विशेषज्ञ बुझिन्छ । जसले महिला, पुरुष,बच्चा तथा वृद्धको मुत्र प्रणालीका अंगहरु (जस्तैः मिर्गौला, मुत्रबाहिनी नली, मुत्रथैली, मुत्रनली र लिङ्ग) सम्बन्धी रोगको निदान र उपचारगर्छन ।

यस बाहेक प्रजनन प्रणाली र एड्रिनल ग्रन्थीसम्बन्धी अवस्थालाई पनिउपचार गर्ने गर्दछन् ।यसक्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पतालमा सामान्य अवस्थाका धेरै विरामी आउँदा अरु जटिल रोगका विरामीलाई अन्यत्र रिफरगर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्दै अत्यावश्यक देखिएका सेवा विस्तार गर्ने तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको भनाइ छ ।

हाल अस्पतालमा आउने मध्येका अधिकांश बिरामीमा मुटु, मिर्गौला, पाचनप्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका छन् । तर, तिनी हरुको परीक्षण र उपचारको सहज प्रबन्ध प्रादेशिक अस्पतालमा छैन । कतिपय नसर्ने रोगको त यहाँ परीक्षण समेत हुँदैन । विरामीहरु महँगोमा अन्यत्र र निजी तथा सामुदायिकमा धाउनुपर्ने बाध्यतामा छन् । यता सेवा उपलब्ध रहेको सामुदायिक अस्पताललाई पनि न त जग्गाको प्रबन्ध छ न त आवश्यक भवनको नै ।

राज्यको समग्र स्वास्थ्य नीति मै परिवर्तनको खाँचो महसुश भइरहेकोविज्ञहरुको गुनासो छ ।लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ७ करोडको लागतमाग्यास्ट्रोइन्टेरोलोजिस्टको सेवा प्रदान गर्ने उद्देश्यले एक वर्ष अघि नैइआरसीपी मेसिन र मोटराइज्ड स्पाइलर इन्टेरोसेपी मेसिन गरिद गरेर राखिएकोछ ।

आधुनिक प्रकारको यो उपकरण सहितको यो सेवा सञ्चालन गर्न इआरसीपी,इन्स्टरोस्कोपी विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट चाहिन्छ । बुटवलमै रहेका यस्ता विशेषज्ञलाई अस्पतालले हायर गरेर नयाँसेवा थप गर्न सक्ने भएपनि त्यसतर्फ ध्यान गएको छैन ।यस्तै क्याथल्याबको मेसिन समेत समेत करिब १० करोड रुपैयाँमा खरिद गरेरजडान गरी राखेको झण्डै १० महिना भयो ।

अहिले नयाँ समिति आएपछि यसका सरोकारवालासंग ताकेता गरेपछि अबको दुई तीन महिनामा क्याथल्याब सञ्चालन ल्याउनेगरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले बताए ।क्याथल्याब सञ्चालनका लागि कार्डियोलोजिस्ट सहितका स्वास्थ्यकर्मीको अहिलेबल्ल प्रबन्ध भएको छ । यद्यपि आपतकालिन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको मेसु थापाको भनाइ छ ।

सामान्य प्रकारका विरामीलाईउपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा क्याथल्याब सञ्चालन गर्ने गरीकाम भइरहेको मेसु थापाले बताए ।यसमा एन्जिओप्लास्ट र एन्जिओग्राफका सेवा विस्तार गरिने छ । हृदयघात भएर सामान्य अवस्थामा फर्केका र हृदयघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ ।

सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट रबीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुबै प्रभावकारी हुन सकिरहेको छैन ।विरामीहरुको समस्या र अवस्थालाई हेरेर अहिले विशेषज्ञ सेवा थप गर्नलागेको, नयाँ नियमावली बनाउन लागेको, सर्वपक्षीय सम्मेलन मार्फत कार्ययोजना तय गर्न लागिएको समितिका अध्यक्ष श्रेष्ठले फेहरिस्त सुनाए ।

श्रेष्ठले आफ्नो नेतृत्वमा समिति बनेदेखि यहाँको यथार्थ अवस्था र समस्याको अध्ययन गरी सामूहिक रुपमा समाधानको प्रभावकारी पहल सुरु गरिएको दाबी गरे ।विरामीको अनुपातमामा न्यून रहेको जनशक्ति र उपलव्ध साधन स्रोतबाटै प्रभावकारी सेवा प्रावह गर्ने उद्देश्यले समितिको अगुवाईमा नयाँ नियमावली बनाइरहेको बताउँदै अध्यक्ष श्रेष्ठले २४ सै घण्टा अस्पताल सञ्चाल गर्दासिफ्ट मिलान गर्नेदेखि काम गर्नेलाई जवाफदेही र प्रोत्साहित गराउने उद्देश्य लिइएको बताए ।

एनआइसीयु र एसएनआइसीयु पनि थप गरिँदै
मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरिय बनाउन नवजात शिशु सघन उपचार(एनआइसीयु) बिभागको ८ सैयालाई बिस्तार गरि १२ पु¥याउने र नवजात शिशुबिशेष हेरचाह (एसएनसीयु) बिभागलाई १३ सैयाको स्थापना गरि सेवा प्रदानगर्न लागिएको मेसु थापाले बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला सहितगण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिक समेत यहीँ अस्पतालमा स्वास्थ्य सेवा लिन आउने गरेको र अवस्था हेरेर कैयौंलाई निशुल्क समेत सेवा प्रदान गर्दै आइएको छ ।

के–के छन् उपलव्ध सेवाहरु

अस्पतालमा विशेषज्ञ सेवासहित सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरोसर्जरी, युरोलोजी मनोरोग,अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवा सहित), नाक, कान, घाँटी(इएनटी) शल्यक्रिया, स्त्री तथा प्रसूति रोग विभागहरू र मुख स्वास्थ्यतथा दन्त र छालाको लागि ओपीडीका सेवाहरू अस्पतालले उपलव्ध गराउँदै आएकोअस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए ।यसका अतिरिक्त अत्याधुनिक सेवासहितको प्रयोगशाला, रेडियोलोजी, इको,अल्ट्रासाउण्ड, इसिजी, इन्डोस्कोपी लगायतका सेवाहरू पनि उपलब्ध छन् ।

नियमित रुपमा खोप, एआरटी सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजनसेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डटस, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स)सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको डा रानाले बताए ।

सम्बन्धित शिर्षक :