पाल्पामा स्वास्थ्यको वार्षिक समीक्षा :उत्कृष्ट तीन स्वास्थ्य संस्था पुरस्कृत

स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यलय पाल्पाको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा खोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रानाले कुनै पनि वादको पछि नलागेर राजनीतिक रंगलाई एकातर्फ राखेर जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्न सुझाव दिए ।

समीक्षामा खोल्दै कार्यालय प्रमुख डा गिरीले पाल्पा जिल्लाको स्वास्थ्य अवस्थाको सुधारका लागि यथार्थ योजना बनेको र आगामी दिनमा अझ सुधार भएको देख्न पाइने बताए ।उनले स्वास्थ्य सेवा सुधारका लागि गुणस्तरीय सेवा उपलब्ध हुनेगरी एकीकृत प्रसूति गृह सञ्चालन र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

तानसेनमा वार्षिक समीक्षा गोष्ठीमा कार्यप्रगति प्रस्तुत गरेका गाउँपालिकाले स्वास्थ्यका क्षेत्रमा एक वर्षको अवधिमा गरेका कामको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गोष्ठीमा दस स्थानीय तहको प्रगति प्रस्तुति गरिएको थियो । स्वास्थ्य कार्यालयले जिल्लाका तीनवटा स्थानीय तहका स्वास्थ्य शाखालाई कामको मूल्यांकनका आधारमा मंगलबार पुरस्कृत गरेको छ ।

कामको मूल्यांकनका आधारमा पूर्व खोला गाउँपालिका स्वास्थ्य शाखा प्रथम, निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा दोस्रो र रैनादेवी छहरा गाउँपालिका तेस्रो भएका छन् ।पूर्वखोलामा मोहन ढकाल, निस्दी मा रेश दिशा र रैनादेवी छहरामा जीवन राना स्वास्थ्य शाखा प्रमुख छन् ।

२५ वटा विभिन्न सूचक तयार गरेर यसैको मूल्यांकनको आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टेकप्रसाद पोखरेलले वताए ।तीनवटै स्वास्थ्य संस्थाले ८२ प्रतिशत बढी नम्बर ल्याएका छन् । कार्यालयले कार्यालयका अधिकृत लेखनाथ अर्याल र कार्यालय सहयोगी टिकाबहादुर भाटलाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कृतहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना र स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यसंग सम्बन्धित संस्थाहरुको प्रस्तुति गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिए ।

पाल्पामा घरमा सुत्केरी हुने संख्या गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य घटेको, सरकारले बजेट रोक्का तथा कटौती गर्दासमेत ७० प्रतिशत आर्थिक र ९५ प्रतिशत भौतिक प्रगति भएको बताए ।

स्थानीय तहसँग कोभिड–१९ रोगथाम, नियन्त्रण र व्यवस्थापनलगायत महामारी नियन्त्रणमा समन्वयकारी सहजकर्ताको भूमिका निभाएको उनले बताए । पाल्पा को भिड विरुद्धको खोपको प्रगतिमा लुम्बिनी प्रदेशमै पहिलो रहेको छ भने पूर्ण खोप दिगोपनि सुनिश्चितता समयमै सम्पन्न गरेको छ ।

कोल्ड चेनमा समस्या, खोपकेन्द्र भवन नहुनु, बसाइ सराइले लक्ष्य प्राप्तिमा समस्या भएको, अझै पनि कुपोषित बालबालिका रहेको लगायतका समस्या रहेको तथ्यांक अधिकृत पोखरेलले बताए ।

सम्बन्धित शिर्षक :