स्वास्थ्यसमाचार/हृदयघातबाट निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । तर अन्त्येष्टि कहिले हुन्छ भनेर अहिले ठ्याक्कै भन्न नसक्ने मन्त्री किराँतीले बताए । जुन दिन अन्त्येष्टि गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने उनले जानकारी दिए ।
प्रतिकया दिनुहोस्