औद्योगिक क्षेत्र उद्योग संघले दियो ५० वटा अक्सिजन सिलिण्डर

स्वास्थ्यसमाचार /कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तीका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण…

रुपन्देहीमा ५ सय ४ नयाँ संक्रमित, ४सय ३८ डिस्चार्ज, ११ को मृत्यु

स्वाथ्यसमाचार/ रुपन्देहीमा आज ५सय ४ जना कोरोना संक्रमिति थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार कोरोना संक्रमिति थपिने क्रमकमी रहेपनि मृत्युदर बढेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज ५सय ४ कोरोना संक्रमित थपिएको वताए । गिरीका अनुसार बुटवल उपमहानगरमा २सय ६० नयाँ संक्रमित थपिए भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना देवदहमा २४सैनामैनामा २४ जना संक्रमित थपिएका छन् । त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३–३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक…

रुपन्देहीमा १८ पत्रकार संक्रमित, महासंघद्वारा राहत कोष स्थापना

स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एवम् विभिन्न सञ्चार माध्यममा माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गरि संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन । संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन् ।   संक्रमित मध्ये केहि निको भएको र अधिकांश कोरोनासाग जुधिरहेको विज्ञप्तीमा उल्लेख छ । ‘जटिल…

रुपन्देहीमा ४ सय ९२ नयाँ संक्रमित, ३सय ७४ डिस्चार्ज, ६ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहागरमा १सय ९१ जना, तिलोत्तमामा १सय ३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएको वताए । त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन ३र रोहिणीमा ३ जना, मायादेबी,२ कञ्चन२ र कोटहिमाईमा २ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको…

कोरोना नियन्त्रण गर्ने उपाय र आत्मबल !

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै यसबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन थालिएको छ । विश्वका विभिन्न सरकारहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि विभन्न प्रतिबन्धका घोषणाहरू गरेका छन् । यसका साथै आम नागरिकले पनि कोरोनाबाट जोगिन सावधानी अपनाइ रहेका छन् । केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाका लक्षण होइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ। कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, स्वाद थाहा नहुने, हातका पञ्जाको रङ्ग परिवर्तन हुने, स्वासप्रश्वासको समस्या, टाउको दुखाइ…

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार कोरोना संक्रमित १४रुपन्देहीमा

स्वास्थ्यसमाचार/ नेपालमा कोभिड १९ (कोरोना भाईरस) को दोस्रो लहर प्रभाव वढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजन सहितको आईसुलेसन निमार्ण गरेका छन् । उनिहरुले स्थानिय तह, जिल्ला स्थीत संघ संस्था र सहयोगीहरु मार्फत यस्ता आईसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिब्र रुपमा वढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि उनिहरुले यस्ता संरचना निमार्ण गरेको बताए ।   नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले एक विज्ञप्ती जारी गरि लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाचीमा पत्रकार महासघकै भवनमा आईसोलेसन निमार्ण गरिएको हो । अघांखाची…

रुपन्देहीमा ६९८ नयाँ संक्रमित, ४१६ डिस्चार्ज, ९ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका ३ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा १२सय ४१ नमुना परीक्षण गर्दा ६सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहानगरमा ३सय जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १ सय ५१ जना, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२ जना र देवदहमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको वताए । त्यसैगरि कञ्चनमा २० जना, सुद्धोधनमा १४ जना, सियारीमा १२ जना, ओमसतियामा ७ जना, लुम्बिनी साँस्कृतिक नगरपालकामा ६…

प्रकृतिको एक गुन, बिरे नुन : स्वस्थ र सुन्दर शरीरको लागी लाभैलाभ !

स्वास्थ्यसमाचार | हामीले प्रायः खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुन्छ । त्यसैले, यसलाई प्रशोधन गरिन्छ । प्रशोधन गर्दा पनि नुनमा विभिन्न विकार पदार्थ रहन्छन् । जसले शरीरमा समस्या सिर्जना गर्छ । हिमाली र पहाडी क्षेत्रका डाँडापहराबाट निकालिने प्राकृतिक बिरे नुनको प्रयोगले हाम्रो स्वास्थ्यलाई धेरै लाभ हुन्छ | बिरे नुन बिभिन्न आयुर्वेदिक औषधिहरुमा मिश्रण गरेर पनि प्रयोग गर्न सकिन्छ | यसको प्रयोगले ग्यास्ट्रिक, कोलोस्ट्रोल, बाथ, पित्त, कफ आदिलाई नियन्त्रण राख्न मद्दत पुर्याउछ | पेट दुखेको,  झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग बढी मात्रामा प्रयोग हुने भनियता पनि यसले उच्च…

बुटवल अक्सिजन बैंकमा अटो एसोसिएसनको सहकार्य !

स्वास्थ्यसमाचार/बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले बुटवल उपमहानगरपालिकाको अक्सिजन बैंक सेवामा सहकार्य गरेको छ । मैनावगर क्षेत्रमा रहेका व्यवसायीहरूसंगबाट संकलित ३५ थान अक्सिजन सिलिन्डर उपमहानगरपालिकामा हस्तान्तरण गरिएको छ । भरिएका १४ र खाली २२ थान सिलिन्डर उपमहानगर प्रमुख शिवराज सुवेदीको उपस्थितिमा एसोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीलाई हस्तान्तरण गरे ।   त्यसअवसरमा प्रमुख सुवेदीले जनस्वास्थ्यको संवेदनशील विषयमा सहकार्य गरेको भन्दै आभार प्रकट गर्नुभएको छ । उहाँले बुटवलका र बुटवललाई माया गर्ने अरु सामाजिक संघ संस्थालाई पनि महामारी विरुद्धको अभियानमा सहकार्यका लागि आग्रह गरे । उपमहानगरमा आयोजित संक्षिप्त कार्यक्रममा…

लुम्बिनी प्रदेशमा बेड र अक्सिजन अभाव भएपछि उपचारमा समस्या

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका ठूला अस्पतालहरुमा अक्सिजन अभाव भएको छ। कोरोनाका बिरामीको चाप अत्यधिक बढ्न थालेपछि अक्सिजन अभाव हुँदा उपचार गर्न नसक्ने स्थिति भएको अस्पतालहरुले जनाएका छन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले अक्सिजनको स्टक सकिएको भन्दै अक्सिजनको व्यवस्था गर्न अपिल गरेको छ। यसका साथै लुम्बिनीका ठूला कोभिड संक्रमित उपचार गर्ने कोहलपुर मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावका कारण बिरामी लिन नसक्ने बताइसकेका छन्। एकातिर बेड अभाव झेलिरहेको बेला अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालमै छटपटिएर बिरामीले प्राण त्याग्नुपरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म अक्सिजन सिलिन्डर…