समयसीमा तोकेर काम गर्न स्वास्थ्य मन्त्री राजु खनालको निर्देशन

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा भएको कर्मचारी सहितको बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसीमा तोकेर काम गर्न आग्रह गर्नु भयो ।

चालू आर्थिक वर्षदेखि सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधि अझै सम्म नबनेको प्रति असन्तुष्टी ब्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधि तीन दिन भित्र बनाइसक्न निर्देशन दिनुभयो ।

जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस, कुनै पनि काम पेण्डिङमा नराख्नु, यहाँ काम गर्ने मन छैन भने भन्नुस् अन्यत्र जाने ब्यबस्था म गरिदिन्छु । स्वास्थ्य मन्त्री खनालले भन्नुभयो । जनशक्ति कमीका कारण काम नभएको रेडिमेट जवाफ आफुलाई नचाहिएको भन्दै मन्त्री खनालले कामको प्रगती देखिन लागि नभई नहुने जनशक्ति ब्यबस्थापन छिटै गरिने बताउनु भयो ।

खालि दरबन्दीमा करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलिसकेको भन्दै स्वास्थ्य मन्त्री खनालले खालि रहेका पदमा तत्काल दर्खास्त खोल्न निर्देशन दिनुभयो ।

प्रदेशमा रहेका सबै मन्त्रालय मध्ये सबै भन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयको रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै मन्त्री खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तरोन्नतीको प्रकृया सुरू गर्न पनि निर्देशन दिनुभयो ।स्वास्थ्य सचिव डा जनार्दन पन्थीले जिम्मेवारी अनुसारको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो

सम्बन्धित शिर्षक :